Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसाइमेक्स इंकले विद्युतीय गाडीको मूल्य बढायो

साइमेक्स इंकले विद्युतीय गाडीको मूल्य बढायो


काठमाडौं । विद्युतीय सवारीसाधन उत्पादक कम्पनी बीवाईडी अटो इन्डष्ट्रिजको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गाडीको मूल्य बढाएको छ । कम्पनीले विगत दुई महिना अघिदेखि नै गाडीको मूल्य समायोजन गर्नुपर्ने अवस्था आएको भए पनि बजारमा देखिएको समस्याको कारण मूल्य स्थिर राख्ने प्रयास गरेको जनाएको छ ।

कम्पनीका अनुसार विशेषतः नेपालमा डलरको मूल्यसँग चीन लगायत तेस्रो देशबाट आउने गाडीको मूल्य प्रभावित हुने गर्छ । सुरुमा गाडीको मूल्य कायम गर्दा रहेको डलर मूल्य र अहिलेको अवस्थामा करिब सात प्रतिशतको अन्तर (डलरको मूल्य महंगो) भएको कारण गाडीको मूल्य बढाउनुपरेको कम्पनीको भनाइ छ । अहिलेको अप्ठ्यारो परिस्थितिलाई ध्यानमा राख्दै डलरको कारण उत्पन्न मूल्यवृद्धि धेरै हुने भए पनि कम्पनीले बीवाइडी इ–सिक्समा एक लाख ५० हजार रुपैयाँले मूल्यवृद्धि गरी नयाँ मूल्य ५९ लाख रुपैयाँ कायम गरेको जनाएको छ ।

साथै, एमथ्री मल्टीपर्पोज भ्यानमा एक लाख दुई हजार रुपैयाँले मूल्यवृद्धि गरी ४५ लाख ५२ हजार रुपैयाँ बनाएको कम्पनीको भनाइ छ । मूल्यवृद्धिबारे साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘सन् २०२१ मा नेपालमा बीवाईडी इ–सिक्स सार्वजनिक गर्दा जुन मूल्य तोकेका थियौँ, निरन्तर त्यसमै बिक्री गरिरहेका थियौँ । तर, पछिल्लो १५÷१६ महिनामा डलरको एक्सचेन्ज रेटमा ब्यापक वृद्धि भएको कारण हामीले मूल्य बढाउनुपरेको हो ।’ सीईओ श्रेष्ठका अनुसार यसअघि नै बुकिङ गरेर बसेका ग्राहकले भने पुरानै मूल्यमा गाडी पाउन सक्नेछन् ।

कम्पनीका अनुसार बीवाईडी इ–सिक्सको नयाँ जेनेरेसन मोडल ग्राहकले निकै मन पराएका छन् । बीवाईडीको लेटेष्ट टेक्नोलोजीमा आधारित ब्लेड ब्याट्री यसको सबैभन्दा बलियो पक्ष हो । जुन कम्पनीले बिक्री गर्दै आएको एम थ्री मोडलमा पनि छ । ब्लेड ब्याट्री सुरक्षाको हिसाबले अब्बल र लङ रेन्जको लागि उपयुक्त रहेको छ । इ सिक्समा कम्पनीले ७१.७ किलोवाट आवर क्षमताको ब्याट्री र ७० किलोवाट क्षमताको मोटर जडान गरेको छ । फुलचार्जमा यसको रेन्ज ५२२ किलोमिटर रहेको छ ।

साथै, ग्राहकले सात किलोवाट क्षमताको एसी चार्जर पनि गाडीसँगै पाउनेछन् । पूर्णतः इलेक्ट्रिक प्लेटफर्ममा तयार भएको इ सिक्स आधुनिक सुरक्षा फिचर लोडेड कार हो । एमथ्री ७ सिट क्षमताको गाडी हो । ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री उपलब्ध एमथ्री निकै आरमदायी भ्यान हो । एक पटकको फुल चार्जमा २७५ किलोमिटर रेन्ज प्रदान गर्ने एमथ्रीमा १०० किलोवाट आवरको मोटर दिइएको छ । यसमा पनि सात किलोवाट क्षमताको एसी चार्जर ग्राहकले पाउनेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x