Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबजारमा रेड्मी बडस–३ लाइट

बजारमा रेड्मी बडस–३ लाइट


काठमाडौं । शाओमीले रेड्मी बड्स–३ लाइट नेपाली बजारमा सार्वजनिक गरेको छ । शाओमीको रेड्मी बड्स ३ लाइट फोन प्लस एसेसरिज श्रेणीको सबैभन्दा नयाँ उपकरण रहेको बताएको छ ।

कम्पनीका अनुसार रेड्मी बड्स–३ लाइटमा प्रभावशाली सुविधाहरू साथै किफायती मूल्य, एर्गोनोमिक डिजाइन, १८ घण्टासम्मको ब्याट्री लाइफ र अन्य धेरै सुविधाहरू छन् जसले प्रयोगकर्ताहरूलाई क्वालिटी साउन्ड प्रदान गर्छ । रेड्मीको बड्स ३ लाइटको तौल ३५ ग्रामभन्दा कम छ । यसको नयाँ लक–इन डिजाइन इयरबडलाई कानमा राम्रो फिट हुनका लागि डबल टायरको सिलिकन ब्यान्डमा उपलब्ध छ । यसमा भएको एर्गोनोमिक डिजाइनले यसलाई प्रयोग गर्न सहज आरामदायी बनाउँछ जसले रेडमी बड्स ३ लाइटलाई व्यायामको लागि पनि उपयुक्त बनाउँछ । साथै रेड्मीको बड्स ३ लाइटमा निरन्तर अडियो गुणस्तर सुनिश्चित गर्न साउन्ड ल्याबद्वारा ट्युन गरिएको छ एमएमको डायनामिक ड्राइभर समावेश गरिएको छ ।

राम्रो र स्पष्ट इन–कल अडियो अनुभवको लागि रेड्मीको बड्स ३ लाइट ब्लुटुथ ५.२ को साथ निर्मित छ, जसले सिमलेस इन–कल अडियो अनुभव प्रदान गर्दछ । टच अपरेसन समर्थन गर्ने यो रेड्मीको बड्स–३ लाइटमा अटो पेयरिङ्गको सुविधा सुनिश्चित छ । टाइप सी चार्जर समर्थन गर्ने रेड्मीको बड्स ३ लाइटसँग पाँच घण्टाको चार्जमा १८ घण्टासम्म म्युजिक प्लेब्याक सुन्न सकिन्छ । रेड्मीे बड्स ३ लाइट कालो रंगमा तीन हजार तीन सय ९९ रुपैयाँमा उपलब्ध रहेको छ । रेड्मी बड्स ३ लाइट २७ जुलाई २०२२ देखि देशभरका सबै आधिकारिक मी स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x