Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटाटा नेक्सन ईभीको नेपालमा बिक्री सुरु भएको एक वर्ष पूरा

टाटा नेक्सन ईभीको नेपालमा बिक्री सुरु भएको एक वर्ष पूरा


काठमाडौं । सिप्रदी ट्रेडिङ प्रालिले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्रीवितरण प्रारम्भ भएको प्रथम वर्ष बुधबार सफलतापूर्वक पूरा गरेको छ । यस ईभीको उत्पादन भारतको अग्रणी विद्युतीय गाडी निर्माता टाटा मोटर्सद्वारा गरिएको हो ।

नेपालमा विद्युतीय गाडीको अवलम्बनलाई नयाँ गति दिने उद्देश्यले सिप्रदीले नेक्सन ईभी नेपालमा ल्याएको थियो । एक वर्षको छोटो अवधिमै यसले आफूलाई एक अत्यन्त लोकप्रिय विद्युतीय गाडीको रुपमा स्थापित गरेको छ । मुलुकको विद्युतीय गाडीको कुल बजारको बढी अंश नेक्सन ईभी एक्लैले ओगटेको छ । यो सफलताको प्रमुख कारण आकर्षक वनावट, समुन्नत जिपट्रन प्रविधि, न्यून सञ्चालन खर्च, उत्कृष्ट कार्यक्षमता रहेको कम्पनीको दाबी छ । यसैगरी द्रुत चार्जिङ्ग क्षमता, लामो ब्याट्री आयु र समुच्च सुरक्षाका विशेषताहरुबाट यो सुसज्जित छ । ‘फास्ट चार्जिङ्ग’ र ‘स्लो चार्जिङ’ दुवैको लागि चर्जिङ्ग स्टेसनको बृहत् सञ्जाल एवं अत्याधुनिक सुविधासम्पन्न सेवा केन्द्रले गर्दा पनि नेक्सन ईभीले आफूलाई सर्वोत्कृष्ट साबित गर्न सक्षम भएको हो । यो गाडीलाई नेपालकै पहिलो एवं स्मार्ट ईभी चर्जिङ्ग एप ‘इजी’ एप–मार्फत चार्ज गर्न सकिछ । यो एपको प्रयोग हाल एक हजारभन्दा बढी परिवारहरुले गरिरहेका छन् ।

दक्ष कर्मचारी एवं भौतिक संसाधनहरुको प्रभावकारी परिचालन गरी सिप्रदीले नेक्सन ईभीका हरेक ग्राहकहरुले घरमा चार्जर जडान गर्ने प्रक्रिया पनि सञ्चालन गरिरहेको छ । यस कम्पनीको १६ डीसी फास्ट चार्जरको सबैभन्दा व्यापक सञ्जाल रहेको छ भने यसले हालसम्म होटल, अस्पताल, बैंक, मल र रेस्टुरेन्टजस्ता सार्वजनिक स्थानहरुमा एक सय २० भन्दा बढी एसी चार्जरहरु जडान गरेको छ । नेक्सन ईभीको नेपालमा बिक्रीवितरण भएको प्रथम वर्ष पूरा भएको अवसरमा यसको ग्राहकहरुलाई लक्षित गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गर्ने भएको छ । यस्ता कार्यक्रमहरुले उनीहरुको यस गाडीसँगको सम्बन्धलाई अझ विशेष बनाउने कम्पनीले विश्वास राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x