Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको सी३१ स्मार्टफोन नेपालमा

रियलमीको सी३१ स्मार्टफोन नेपालमा


काठमाडौं । रियलमीले सी३१ स्मार्टफोन सार्वजनिक गरेको छ । यस स्मार्टफोनमा पाँच हजार एमएएचको ब्याट्री छ । यो स्ट्यान्ड–बाइमा ४५ दिनसम्म टिक्ने कम्पनीको दाबी छ । स्मार्टफोनमा १.८ गिगाहर्जको अक्टाकोर युनिसोक टी६१२ प्रोसेसर रहेको छ । उत्कृष्ट फोटोग्राफीको लागि फोनमा १३ एमपीको क्यामरा छ ।

१७ हजार सात सय ९९ रुपैयाँ मूल्यमा चार जीबी ¥याम र ६४ जीबी रोमसहित उपलब्ध यो फोन यो मूल्यमा सबैभन्दा पातलो मोबाइल सेट भएको दाबी गरिएको छ । रियलमीका कन्ट्री हेड मुनिश गिरीले यो फोन क्लासकै बेस्ट पर्फर्मिङ स्मार्टफोन भएको दाबी गरे । उनका अनुसार यो एकदमै स्लिक र सबैभन्दा कम्फर्टेबल फोन छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x