Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशाओमीको रेड्मी १०ए स्मार्टफोन नेपालमा

शाओमीको रेड्मी १०ए स्मार्टफोन नेपालमा


काठमाडौं । शाओमीले रेड्मी १०ए नेपाली बजारमा सार्वजनिक गरेको छ । किफायती मूल्यमा रेड्मी १० सिरिजको पछिल्लो नवीनतम उपकरण रेड्मी १० ए प्रयोगकर्ताहरूको उत्पादकता बढाउने कम्पनीले जनाएको छ ।

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमार पंडाले कम्पनीले आफ्नो सिमा फराकिलो पार्दै स्मार्टफोनहरूको विस्तृत दायराको साथ औधोगिक बेन्चमार्कहरू पार गरेको बताए । ग्राहकको रेडमीप्रतिको विश्वासले कम्पनीलाई नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेडमी सिरिजलाई देशमा सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन सिरिज बनाएको उनको भनाइ छ । क्यामेरा, उच्च रिजोल्युसन डिस्प्ले, उच्च कार्यसम्पादन र पावर–प्याक ब्याट्रीको सुधारको साथ कम्पनीले रेड्मी १०ए बजारमा ल्याएको जानकारी दिए ।

रेड्मी १०एको ठूलो ६.५३ इन्च एचडी प्लस डिस्प्लेले भिडिओ तथा आफूलाई मनपर्ने कन्टेन्ट हेर्न राम्रो अनुभव प्रदान गर्दछ । अन्य इन्ट्री–लेभल स्मार्टफोनको तुलनामा यसमा भएको थ्रीडी कर्भड ब्याकले प्रयोगकर्ताहरूलाई सहज अनुभव प्रदान गर्दछ । साथै यसमा पछाडि रहेको फिंगरप्रिन्ट सेन्सरले यसलाई पहिलेभन्दा अझ सुरक्षित बनाउँछ । यसमा रहेको १३ एमपी मेन क्यामेरा र दुई एमपी देप्थ क्यामेरा सेन्सरले प्रयोगकर्ताहरुलाई सोचेजस्तै फोटो खिच्न र यादगार पलहरु सहज रूपमा रेकर्ड गर्न मद्दत गर्दछ ।

रेड्मी १०एमा पावर अपको लागि मिडिया टेक हेलियो जी२५ प्रोसेसर जडित छ, जुन २.० गिगाहर्जसम्मको क्षमता रहेको अक्टा–कोर सीपीयू हो । यसमा लामो समयसम्म चल्ने पाँच हजार मेगाहर्ज ब्याट्री जडित छ । यो स्मार्टफोन १० वाटको चार्जिङ अडाप्टरको साथ उपलब्ध छ । रेड्मी १०ए बजारमा ग्रेफाइट ग्रे, क्रोम सिल्भर र स्काई ब्लू गरी तीन रंगहरूमा उपलब्ध छ । यो फोन दुई जीबी+३२ जीबी र ३ जीबी+६४ जीबी स्टोरेज भेरियन्टमा आउँदछ, जसको मूल्य क्रमशः १३ हजार नौ सय ९९ रुपैयाँ र १५ हजार नौ सय ९९ रुपैयाँ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x