Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहिताचीले बजारमा चार नयाँ उत्पादन उपलब्ध गराउने

हिताचीले बजारमा चार नयाँ उत्पादन उपलब्ध गराउने


काठमाडौं । हिताचीले बजारमा चार नयाँ उत्पादन उपलब्ध गराउने घोषणा गरेको छ । हिताचीले कम्पनीका अधिकृत डिलर र युनिभर्सल इलेक्ट्रोकम प्रालिका प्रतिनिधिहरूको उपस्थितिमा आयोजना गरेको कार्यक्रममा कम्पनीले चाँडै बजारमा उपलब्ध हुने चारवटा उत्पादनको घोषणा गरेको थियो । उत्पादनहरूमा हिताची माइक्रोवेभ ओभनका चार मोडल, हिताची फ्रन्ट लोड अटोमेटिक १२ किलो वासिङ मेसिन, हिताची फ्रेन्च बटम रेफ्रिजरेटर र हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर समावेश छन् ।

कार्यक्रममा सहभागीहरूलाई उत्पादनको लक्ष्य, प्रयोगकर्ताको अनुभव र सुविधाहरूको दायरा बुझ्न मद्दत हुन्छ भनेर हिताचीका विभिन्न उत्पादनहरू रेफ्रिजरेटर, वासिङ मेसिन र भ्याक्युम क्लिनरहरू पनि प्रदर्शनमा राखिएको थियो । हिताचीले नेपाली प्रयोगकर्ताहरूलाई विश्वव्यापी पाइने उत्कृष्ट उत्पादनहरू उपलब्ध गराउन नेपालमा आफ्नो सञ्चालनलाई थप मजबुत बनाउने योजना रहेको बताएको छ । ग्राहकको सन्तुष्टि आफ्नो उच्च प्राथमिकतामा रहेको जनाउँदै हिताचीले आफ्ना ग्राहकहरूलाई अझ राम्रो बिक्री सेवा र बिक्रीपछिको हेरचाह दिने प्रतिज्ञा गरेको छ। हरेक नेपाली घरपरिवार माझ नया अविस्कारी प्रविधिहरू नजिक ल्याउने उद्देश्यका साथ हिताचीले विविधता र गुणस्तरयता सुनिश्चित गर्दै आगामी दिनहरूमा लागिपर्ने पनि बताएको छ ।

युनिभर्सल इलेक्ट्रोकम प्रालिको शाखा रमेश कर्प नेपालमा हिताची होम अप्लाइन्सेसको आधिकारिक वितरक हो । उक्त कार्यक्रममा रमेश कर्पका कार्यकारी निर्देशक सञ्जय अग्रवालले नेपालका सबै ग्राहकका लागि गुणस्तरीय उत्पादन लाइन अप र बिक्रीपछिको सेवा सुनिश्चित गर्न कडाइका साथ काम गर्ने बताए । हिताचीले सम्पूर्ण उत्पादनहरूमा विशिष्ट गुणस्तर कायम राख्ने उनको दाबी छ । नयाँ रिलिजहरू र अहिलेका विद्यमान उपकरणहरूको साथ हिताचीले अत्याधुनिक प्रविधि, नवप्रवर्तन र ग्राहक सेवाद्वारा नेपालको घरेलु उपकरणको बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई झन् बलियो बनाएको कम्पनीको दाबी छ ।

कम्पनीले सार्वजनिक गर्नलागेको हिताची फ्रन्ट लोड वाशिङ मेसिनले फ्रन्ट लोडिङ वासर ड्रायर इन्भर्टर विन्ड आइरन, एआई वास र अटो डोजिङ सिस्टम इन्भर्टरसहित १२ किलोग्राम धुने क्षमता र आठ किलो सुकाउने क्षमता प्रदान गर्दछ । यस्तै हिताची कर्डलेस स्टिक भ्याक्युम क्लिनर धेरै सजिलो, छिटो र कुशल तरिकाले भुइँदेखि छतसम्मको कुनै पनि तहमा साना सफाइका लागि यो उत्कृष्ट छनोट हुने कम्पनीको दाबी छ ।

यस्तै हिताची माइक्रोवेभ ओभनले धेरै फरक उपकरणहरूलाई एउटै मेसिनमा समावेश गरेको छ । यस उत्पादन लाइनअन्तर्गत चार विभिन्न मोडेलहरू राखिएको छ । यसैगरी हिताची फ्रेन्च बटम रेफ्रिजरेटरमा नवीनतम टेक्नोलोजी, ठण्डा कूल र विलासी, यो उत्पादन वातावरणीय रूपमा दिगो छ । लकजरी मोडेलको रूपमा प्रवर्तन गरिएको यो रेफ्रिजरेटरले ग्राहकहरूले चाहेको सबै कुरा र थप पूरा गर्ने कम्पनीको दाबी छ । यी उत्पादनहरू चौथो त्रैमासिकदेखि बजारमा उपलब्ध हुने बताइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x