Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्ट्स : फिस्टेल ड्रिम पार्क

५० करोड लगानीमा पोखराकै ठूलो वाटर स्पोर्ट्स : फिस्टेल ड्रिम पार्क


काठमाडौं । पछिल्लो समय नेपालमा वाटर स्पोर्टस् पार्क ग्राहकहरुको नियमित मनोरञ्जनको केन्द्र बनेको छ । यही माहोल छोप्दै पोखरामा ५० करोड लगानीमा अन्तर्राष्ट्रियस्तरको फिस्टेल ड्रिमपार्क सञ्चालनमा आएको छ । फिस्टेल ड्रिमपार्क मानिसहरू रमाइलो गर्न आउने केन्द्रका रुपमा निर्माण गरिएको सञ्चालक भरत गौतम बताउँछन् । ‘यसअघि पोखरामा यो स्तरको पार्कहरू बनेका छैनन् । कुनै पनि व्यक्ति वा परिवार यहाँ आएर पुरै दिन बिताएर रमाइलो गर्न सक्ने प्रकारको इभेन्ट्सहरू हामीसँग उपलब्ध छन्,’ गौतम भन्छन् ।

इन्डोर गेम, ड्राई पार्क, वेट पार्क, सोफा स्लाइड, लेजी रिभर, फ्रि फल, ट्रोनाडो बावल, वेभ पुल, रेललगायतका करिब २५ थरिका गतिविधिमा रमाउन सकिने गौतमले जानकारी दिए । पार्कको प्रवेश शुल्क दुई सय रुपैयाँ छ । यसमा बच्चाहरूका लागि ५० प्रतिशत छुटको व्यवस्था छ । यस्तै, वाटर पार्कको प्याकेज एक हजार दुई सय र ड्राइपार्क प्याकेज ४५० रुपैयाँमा उपलब्ध छन् । प्रवेशपछि सिमित खेल खेल्न चाहनेका लागि प्रतिखेलको एक सय ५० देखि तीन सय रुपैयाँसम्म लाग्नेछ । पानीमा खेलीने वा भनौँ गर्मीमा खेलिने खेलहरू मात्र नभई पानी नचाहिने खेलहरू पनि पार्कमा राखिएका छन् ।

जुनसुकै मौसममा पनि मानिसहरू आएर रमाइलो गर्न सकिने गरी व्यवस्था मिलाउने क्रममा एकै ठाउँमा वाटर र ड्राइपार्कको परिकल्पना गरिएको गौतम बताउँछन् । ‘कतिपय यस्ता पार्कहरू ६ महिना खुल्ने र छ महिना बन्द हुने हुन्छ । त्यस्तो नहोस् भनेर बच्चाहरूका लागि छुट्टै इन्डोर गेमहरू राखेका हौँ’, गौतम थप्छन्, ‘यस पार्कमा जडान गरिएको प्रविधि एवं सामग्री भारत र चीनबाट ल्याइएको हो । ग्राहकको सुरक्षाका लागि विशेष ध्यान दिएरै क्वालिटी प्रोडक्टहरू जडान गरेका छौँ ।’

६५ रोपनी जग्गामा फैलिएको पार्कमा विभिन्न खेलहरू गरेर पाँच हजार मानिसहरू एकै पटक रमाउन सक्छन् । पार्कमा करिब सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्क पोखराको पुरानो एयरपोर्टबाट करिब चार किलोमिटर र पृथ्वीचोकबाट करिब पाँच किलोमिटरको दूरीमा छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x