इन्स्टा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड दूतमा नम्रता
काठमाडौं । इन्स्टा एजुकेसनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको ब्रान्ड दूतमा अभिनेत्री तथा मोडल नम्रता सापकोटा नियुक्त भएकी छिन् । आइतबार एक कार्यक्रमबीच कन्सल्टेन्सी र नम्रताबीच सम्झौतापत्र आदानप्रदान भएको हो । उनी ब्रान्ड दूतमा नियुक्त हुनुअघि कन्सल्टेन्सीको नेपाल कार्यालय उद्घाटन गरिएको थियो ।
एजुकेसन कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इक्यान) का अध्यक्ष प्रकाश पाण्डेले रिवन काटेर पुतलीसडकमा रहेको स्टार मलको चौथो तल्लामा अवस्थित कन्सल्टेन्सीको उद्घाटन गरे । ब्रान्ड दूतमा नियुक्त भएपछि नम्रताले आफूमाथि जिम्मेवारी थपिएको बताइन् । आफूले बोल्दा कसैको जीवन र करिअरसँग सम्बन्धित हुने भएकाले राम्ररी बुझेर, सोचेर र सम्झेर मात्र ब्रान्ड दूत बन्ने निर्णय गरेको उनको भनाइ छ । कन्सल्टेन्सीका निर्देशक तथा अष्ट्रेलियाका इमिग्रेसन एजेन्ट हिरा कँडेलले विगत लामो समयदेखि अष्ट्रेलियाबाट सेवा प्रदान गर्दै आए पनि अब नेपालबाट विद्यार्थीहरुलाई अष्ट्रेलियालगायतका राष्ट्रमा सहयोग गर्न कार्यालय खोलेको बताए ।
कन्सल्टेन्सीका नेपाल कार्यालयका एमडी हरी प्रपन्न कँडेलले आफूले लामो समयदेखि शिक्षा क्षेत्रमा बटुलेको अनुभवलाई विद्यार्थीको विदेश अध्ययन सहज बनाउन खर्चिने बताए । इन्स्टा एजुकेशनल कन्सल्टेन्सी एन्ड भिसा सर्विसेजको अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय छ । अष्ट्रेलिया कार्यालयको प्रमुखमा हरी सापकोटा छन् । यस कन्सल्टेन्सीबाट अष्ट्रेलियासँगै क्यानडा, अमेरिकालगायतका राष्ट्रमा जान चाहने विद्यार्थीलाई पनि सहजीकरण हुने सापकोटाको भनाइ छ । कन्सल्टेन्सीको कार्यालय उद्घाटन कार्यक्रममा गायक थानेश्वर गौतम, निर्देशक सुव्रतराज आचार्य, गायिका रितु कँडेललगायत उपस्थित थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया