Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगश्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बरको अपेक्षा

श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने चेम्बरको अपेक्षा


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले श्रीलंकाको अर्थतन्त्र छिट्टै सहज हुने अपेक्षा गरेको छ । चेम्बरका पदाधिकारी र श्रीलंकाका लागि नेपाली राजदूत वासुदेव मिश्रबीच आइतबार भएको भेटमा चेम्बर पदाधिकारीले कठिन परिस्थितिबाट गुज्रिरहेको श्रीलंकाको अर्थतन्त्रले छिटै लय समात्ने अपेक्षा गरेको बताएका थिए ।

चेम्बरका कार्यवाहक अध्यक्ष कमलेश कुमार अग्रवालले श्रीलंकाको आर्थिक अवस्था अहिले चुनौतीपूर्ण भए पनि लामो समय नरहने आफ्नो अपेक्षा रहेको बताए । सार्क, बिम्स्टेक जस्ता क्षेत्रीय संगठनको साझेदार रहेका दुई मुलुकबीच व्यापारका लागि अझै पनि ठूलो सम्भावना रहेको अग्रवालले बताए । साथै उनले नेपाल चेम्बर अफ कमर्स र श्रीलंकन चेम्बर अफ कमर्सबीच अहिले पनि उच्चस्तरीय व्यावसायिक सहकार्य जारी रहेकाले राजदूत मिश्रको कार्यकालमा पनि यसले निरन्तरता पाउने आशा व्यक्त गरे ।

अग्रवालले श्रीलंका र नेपालबीच ऊर्जा व्यापारको सम्भावना रहेको र भारतसहित त्रिपक्षीय सम्झौताको आवश्यकतामा समेत जोड दिए । बुद्धको जन्मभूमि लुम्बिनी श्रीलंकन पर्यटकका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले कोलम्बो लुम्बिनी सिधा विमान सम्पर्कका लागि आवश्यक पहल गर्न पनि कार्यवाहक अध्यक्ष अग्रवालले राजदूत मिश्रसँग आग्रह गरे । राजदूत मिश्रले पनि श्रीलंकन अर्थतन्त्रमा छिट्टै सुधार आउनेमा आफू आशावादी रहेको बताए । बुद्धमार्गीहरुको भूमि श्रीलंकाबाट पर्यटक ल्याउन एवं नेपालको पर्यटकीय गन्तव्यको प्रवर्द्धनका लागि आफूले पहल गर्ने राजदूत मिश्रको भनाइ छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x