Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगल्याङमा तीन महिने हाउस वायरिङ तालिम

गल्याङमा तीन महिने हाउस वायरिङ तालिम


गल्याङ, फागुन १२
स्याङ्जाको गल्याङमा तीन महिने हाउस वायरिङ तालिम सुरु भएको छ । गल्याङ नगरपालिका वडा नम्बर ३ को समन्वयमा आँधिखोला बहुप्राविधिक शिक्षालयले सञ्चालन गरेको तालिम सुरु भएको हो । तालिमको उद्घाटन गर्दै समाजसेवी लक्ष्मणप्रसाद भट्टराईले यस्तो तालिमबाट स्वरोजगार बन्न प्रेरणा मिल्ने बताए । उनले २०औं वर्ष अध्ययन गरेर जागिर खानुपर्ने अवस्थामा तीन महिनाकै तालिमबाट रोजगारी सिर्जना हुने बताए । वडा नम्बर तीनका अध्यक्ष महेश भट्टराईले जागिर अर्काको लागि गरिने भन्दै तालिमले आफ्नो लागि काम गर्ने बताए । २०/३० हजार तलबका लागि युवाहरु विदेश जाने अवस्था रहेको भन्दै उनले इलेक्ट्रिसियन तालिमले यस्तो अवस्थाको अन्त्य गर्ने बताए ।

तालिम संयोजक कमल गैह्रेले २१ वटा यस्तै तालिमहरु स्याङ्जाका विभिन्न पालिकाहरुमा सञ्चालन भैरहेको जानकारी दिए । यस तालिममा परीक्षा हुने र उत्तीर्ण हुनेहरुका लागि मात्रै प्रमाणपत्रको व्यवस्था रहेको उनले जानकारी दिए । कार्यक्रममा वडा सदस्य मनोज राना, प्रशिक्षक ऋषि बस्याल, समाजसेवी गिरिधारी भण्डारीलगायतले मन्तव्य राखेका थिए । वडाध्यक्ष महेश भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा स्वागत मन्तव्य केशवराज न्यौपानेले र सञ्चालन वडा सचिव खिम प्रसाद भण्डारीले गरेका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x