पोखरामा फेसन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्यापन गराइने
पोखरा । पोखरा युनाइटेड एकेडेमीले पहिलोपल्ट ‘फेसन डिजाइनिङ एवं सौन्दर्यशास्त्र’को कक्षा सञ्चालन गर्ने भएको छ । एकेडेमीले पत्रकार सम्मेलन गरी ‘आजको आवश्यकता शिक्षासँग सीप र आत्मनिर्भरताका लागि एक विद्यार्थी एक प्राविधिक शिक्षा’ भन्ने नारालाई आत्मसात् गर्दै व्यावसायिक शिक्षातर्फ उक्त विषयको अध्यापन गराउनलागेको जानकारी गराएको हो ।
एकेडेमीका निर्देशक कृष्णप्रसाद सापकोटाले नेपाल सरकारको पाठ्यक्रम २०७६ ले व्यावसायिक विषयलाई प्राथमिकता दिएअनुसार आफूहरुले पनि प्राथमिकतामा राखेर अध्ययन गराउन ‘सौन्दर्यशास्त्र र फेशन डिजाइनिङ’लाई ऐच्छिक विषयका रुपमा समावेश गरेको जानकारी दिए । उनले एकेडेमीले यसअघि विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्टको अध्ययन गराउँदै आएको र पछिल्लो समय फेसन डिजाइनिङ र सौन्दर्यशास्त्र अध्ययन गर्न चाहानेलाई लक्षित गरेर कक्षा सञ्चालन गर्न लागेको बताए । उनका अनुसार ४० देखि ५० हजार रुपैयाँ शुल्कमा विद्यार्थीले फेसन र सौन्दर्यशास्त्रको कोर्ष पूरा गर्न सक्नेछन् । दक्ष जनशक्ति उत्पादनका लागि अनुभवी शिक्षकबाट अध्यापन गराइने उनको भनाइ छ ।
कार्यक्रममा सौन्दर्यविद् एव सौन्दर्यशास्त्र पाठ्यक्रमका लेखक कमला श्रेष्ठले व्यावसायिक शिक्षाअन्तर्गत रोजगारीको प्रशस्त सम्भावना बोकेको सौन्दर्यशास्त्र र फेसन डिजाइनिङ अहिलेको समयको माग भएको बताइन् । उनले २०७१ सालदेखि ऐच्छिक विषयका रुपमा समावेश गर्न पहल थालेको स्मरण गर्दै अहिले सफल भएको उल्लेख गरिन् । कार्यक्रममा ३५ वर्षदेखि सौन्दर्य क्षेत्रको कार्यरत गण्डकी प्रदेशका प्रदेशसभा सदस्यसमेत रहेकी मिना गुरुङले ढिलै भए पनि सौन्दर्यशास्त्र अध्ययन गर्न चाहनेका लागि अवसरका ढोका खुलेको बताइन् । उनले सौन्दर्यकलाको विषयलाई अध्ययनको विषय बनाउनुपर्छ भनेर निकै पहिलेदेखि आवाज उठाउँदै आएको जनाउँदै अहिले यो पाठ्यक्रममा समावेश भएर आउँदाको क्षण निकै आनन्द लागेको बताइन् ।
फेसन डिजाइनर विशाल गुरुङले आजको आवश्यकता व्यावसायिक शिक्षा भएको र दक्ष जनशक्तिबाट मात्र देश विकास सम्भव हुने उल्लेख गरे । एकेडेमीका प्राचार्य वैनबहादुर गोदारले आधुनिक समयको माग र आवश्यकतालाई महसुस गरी विद्यार्थी स्वयं स्वरोजगार बन्नसक्ने विषयलाई प्राथमिकता दिँदै यस शैक्षिक सत्रबाट नयाँ सीपमूलक विषयलाई थप गरेको जानकारी दिए । एकेडेमीका व्यवस्थापन संयोजक राजकुमार कार्कीले प्राज्ञिक र दक्ष जनशक्ति उत्पादन गरी वैधानिक प्रमाणपत्र प्रदान गर्नु यस कार्यक्रमको मुख्य लक्ष्य रहेको बताए । एकेडेमीको शैक्षिक विभाग प्रमुख डिल्लीराम तिवारीले कार्यक्रमको सहजीकरण गर्दै नेपाल सरकारबाट एसईई उत्तीर्ण भएका जुनसुकै विद्यार्थीले पनि उक्त कोर्ष अध्ययन गर्नसक्ने बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान
- जिल्लामै उत्पादित विद्युत् वितरण सुरु
- कालीकोटमा जिप दुर्घटना, ६ जनाको मृत्यु
- थप १३ दिन लामिछानेलाई हिरासतमा राखी अनुसन्धान गर्न अनुमति
- उखु उत्पादक र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
- ट्रम्पको विजयपछि मस्कको सम्पत्तिमा व्यापक वृद्धि
- पाकिस्तान रेलवे स्टेसनमा विस्फोट हुँदा २५ जनाको मृत्यु
- युरोपले रक्षा खर्च बढायो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया