जेआर एजुकेसनले ‘एड्मिसन विक’ गर्ने
काठमाडौं । जेआर एजुकेसन ग्रुपले भारतको विभिन्न विश्वविद्यालयमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई लक्षित गर्दै ‘स्ट्डी इन इन्डिया एड्मिसन विक’ आयोजना गर्ने भएको छ ।
आइतबार राजधानीमा एक कार्यक्रम गर्दै ग्रुपले अगस्ट १ देखि अगस्ट ७ तारिखसम्म (साउन १६ देखि २२ गतेसम्म) स्ट्डी इन इन्डिया एड्मिसन विक आयोजना गर्ने जानकारी दिएको हो । काठमाडौैं माइतीघरमा सञ्चालन गर्ने उक्त कार्यक्रममा भारतका विभिन्न विश्वविद्यालय र त्यहाँको शैक्षिक अवस्थाको बारेमा जानकारी गराइने संयोजक राजीव राय आदित्यले बताए । सो अवसरमा सोना कलेज अफ टेक्नोलोजी, शारदा युनिभर्सिटी, सुशान्त युनिभर्सिटी, पामप्री इन्जिनियरिङ कलेज, आदित्य इन्जिनियरिङ कलेज, भीभी आईटी, भाइ गुरुदास ग्रुप अफ इन्स्टिच्युसन, सीटी युनिभर्सिटीलगायतका शैक्षिक संस्थाले कार्यक्रममा भाग लिनेछन् । साथै आफ्नो संस्थाले दिने पाठ्यक्रमको विषयमा जानकारी गराइने विकास सेनीले बताए ।
यस क्रममा इन्जिनियरिङ, प्यारामेडिकल, म्यानेजमेन्ट, ल, हस्पिटालिटी, नर्सिङलगायतका विषयमा विद्यार्थीहरूले प्रत्यक्ष विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग सहभागी विद्यार्थीहरुले प्रत्यक्ष कुराकानी गर्न पाउनेछन् । अर्का संयोजक वरुण झाले नेपाली विद्यार्थीहरु भारतीय विश्वविद्यालयमा आकर्षित हुनुमा संस्कृति, भेषभूषा, भाषा सहजीकरण तथा नेपाली नागरिकको बाक्लो उपस्थितिले गर्दा नेपाली विद्यार्थीहरु भारतीय विश्वविद्यालयप्रति आकर्षण बढेको बताए । उनले कम शुल्कमा विश्वविद्यालयहरु गुणस्तरीय शिक्षा समेत दिने हुँदा आकर्षण बढेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन: अदालत
- बजार परिसुचक २७ सय ४८ बिन्दुमा
- ‘सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त’
- जलवायु न्यायका लागि रस्साकस्सी
- लैङ्गिक हिंसा रोकथाम गर्न मन्त्रालयको सक्रियता
- ‘पूर्णबहादुरको सारङ्गी’ बन्यो सर्वाधिक कमाउने चलचित्र
- जनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
- नारायणगढ–बुटवल सडक निर्माणमा भएको ढिलाइबारे प्रधानमन्त्रीको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया