आईएमई पे एपको टप–अपमा नयाँ क्यासब्याक अफर अद्यावधिक
काठमाडौं । ‘आईएमई पे’ले मोबाइल रिचार्जमा नयाँ अफर अद्यावधिक गरेको छ । कम्पनीले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको साथै अन्य सम्पूर्ण किसिमको भुक्तानी तथा पैसाको लेनदेन सरल बनाउँदै आएको छ । मोबाइल रिचार्जमा थप २ प्रतिशत क्यासब्याकको अफर ल्याएको कम्पनीले जनाएको छ ।
आईएमई पे एपमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टप–अप गर्दा पाँच प्रतिशत क्यासब्याक पाउने सुविधा थियो । यस अफरको साथ अब सेवाग्राहीहरुले आईएमई पे एपबाट कुनै पनि मोबाइल नम्बरमा टप–अप गर्दा दुई प्रतिशत क्यासब्याक पनि पाउनेछन् ।
यस क्यासब्याक अफरलाई अझ रमणीय बनाउन कम्पनीले एक जना भाग्यशाली विजेतालाई यस अभियानको पहिलो महिनामा ‘वान प्लस टेन प्रो’ स्मार्टफोन पनि उपलब्ध गराउने जानकारी दिएको छ । सोको निम्ति सेवाग्राहीले महिनाभर कम्तीमा ५० रुपैयाँको १० टप–अप गर्नुपर्ने नियम तथा शर्त कम्पनीले राखेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया