नेपाल इको प्यानलले एकैपटक तीन आईएसओ लिने
काठमाडौं । नेपाल इको प्यानलले आईएसओ लिनका लागि प्रक्रिया अघि वढाएको छ । एकैपटक तीनवटा आईएसओ लिन कम्पनीले प्रक्रिया अघि बढाएको हो । यसका लागि कम्पनीले सफ्टटेक सीआई प्रालिसँग सम्झौता गरेको छ ।
गुणस्तरीय उत्पादन गर्न गुणस्तरीय व्यवस्थापन प्रणालीमा सुधार, वातावरणमैत्री तवरमा उत्पादन तथा व्यावसायिक सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मानकमा सुव्यवस्था गर्न प्रक्रिया अघि बढाएको जनाएको छ । आईएसओ ९००१ः२०१५ (क्युएमएस), आईएसओ १४००१ः२०१५ (ईएचएस) र आईएसओ ४५००१:२०१८ (ओएचएस) को लागि प्रक्रिया अगाडि बढाउन सम्झौता भएको हो ।
सम्झौतामा नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवाल र सफ्टेकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनार्दन घिमिरेले हस्ताक्षर गरेका छन् । इन्टिग्रेटेड म्यानेजमेन्ट सिस्टम (एकीकृत व्यवस्थापन प्रणाली) लागू गर्न दुई पक्षबीच सम्झौता भएको हो । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर दुवालले कम्पनीको गुणस्तरीय व्यवस्थापन प्रणालीका लागि आईएसओ ९००१ः२०१५ (क्युएमएस), वातावरण, स्वास्थ्य तथा सुरक्षाका लागि आईएसओ १४००१ः२०१५ (ईएचएस) र पेशागत स्वास्थ्य सुरक्षाका लागि आईएसओ ४५००१:२०१५ (ओएचएस) लिन प्रक्रिया अघि बढाएको जानकारी दिए ।
इको प्यानल नेपाल प्रालि प्रारम्भदेखि नै गुणस्तरीय उत्पादनमा प्रतिबद्ध भएर वातावरणमैत्री तवरमा उत्पादन थाल्दै आएको छ । साथै आफना कर्मचारीहरुको व्यावसायिक जीउधनको सुरक्षा र कार्यस्थलमा कुनै पनि दुर्घटना नहोस् भन्नका लागि यी अन्तर्राष्ट्रिय आईएसओहरु लिएर अघि बढ्न लागेको जनाएको छ । नेपाल इको प्यानलले यी मानकहरु आफनो कारखानाभित्र राम्रो लागू गर्नका लागि सफ्टेक सीआईसँग सम्झौता गरेको हो । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वीरगञ्ज भन्सारले उठायो दुई महिनामा साढे २५ अर्ब राजस्व
- एमसिसी प्रसारण लाइन निर्माणः मुआब्जा वितरण प्रक्रिया सुरु
- तल्लो सेती जलविद्युत् आयोजनाः इआइए उपर प्राप्त सुझाव विभाग र एडिबीमा बुझाइयो
- आजको विदेशी मुद्रा विनिमयः अमेरिकी डलर, यूरो र पाउन्डको मूल्य घट्यो
- रुपन्देहीमा उद्योग खोल्नेभन्दा बन्द गर्ने धेरै, दुई महिनामा एक सय आठ उद्योग बन्द
- अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
- श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलो पटक शनिबार मतदान हुुँदै
- ग्रीनल्यान्डमा २० हजार लिटर डिजेल बोकेको जहाज डुब्यो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया