Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारको ‘२० मा बिज’ क्याम्पेन

बिजबजारको ‘२० मा बिज’ क्याम्पेन


काठमाडौं । बिजबजारको साउन महिनाअन्तर्गतको भारी छुटसहितको ‘२० मा बिज’ नामक क्याम्पेन सुरु भएको छ । यस महिनाको क्याम्पेन साउन १९ गते राति १२ बजेदेखि २२ गतेसम्म हुने भएको छ ।

नेपालका साना तथा मझौला उद्यमहरूलाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज गर्ने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको ई–कमर्स प्लेटफर्म बिजबजारले रोमाञ्चक र आकर्षक योजनाहरू एवं विविध उपहारहरूका साथ प्रत्येक महिनाको २० गते ‘२० मा बीज’ नामक क्याम्पेन चलाउँदै आएको छ । यसअन्तर्गत कम्पनीले शुक्रबार अपराह्न ४ बजेदेखि राति ८ः२० बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरी विभिन्न मनोरञ्जनात्मक क्रियाकलाप तथा खेलहरू सञ्चालन गर्ने जनाएको छ, जहाँ भाग्यशाली सेवाग्राहीहरू तथा विजेताहरूले विभिन्न आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

यस क्याम्पेनमा सबै वर्गका ग्राहकहरूले फेसनसँग सम्बन्धित सामानहरू, इलेकट्रोनिक्स, स्वास्थ्य, खेलकुद तथा फिटनेस, घरपालुवा जनावरहरूका सामानहरूमा भारी छुट तथा योजनाहरू प्राप्त गर्न सक्नेछन् । साथै पानी प-यो अफर झ-योअन्तर्गत मनसुनसँग सम्बन्धित साथै अन्य विभिन्न सामानहरूमा भारी छुटसहित अन्य आकर्षक अफरहरू समेत प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी भाग्यमानी २० क्विजअन्तर्गत २० जना विजेताहरूले मोबाइल टपअप जित्नेछन् साथै क्याच ७ वीन खेलमा सहभागी हुँदा सेवाग्राहीले पाँचवटा आकर्षक उपहार जित्न सक्नेछन् भने यो कहाँ प-यो अन्तर्गत खेलमा विजेता हुने सेवाग्राहीहरूले आफूले मगाएको सामानमा निःशुल्क डेलिभरी समेत प्राप्त गर्न सक्नेछन् । साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धि र सेवाग्राहीहरूको आवश्यकता पूर्ति गर्न यो क्याम्पेन प्रभावकारी हुने विश्वास कम्पनीले लिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x