अग्नी ग्रुपको टु एस सर्भिस सेन्टर पोखरामा
काठमाडौं । नेपालका लागि महिन्द्रा फोरह्विलरको एक मात्र आधिकारिक बिक्रेता रहेको अग्नी ग्रुपले आफ्ना सेवाग्राहीहरुको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर ‘पोखरा अटो वक्र्स’ प्रस्याङ, पोखरामा सञ्चालनमा ल्याएको छ ।
पोखरा अटो वक्र्स अग्नी ग्रुपको थ्री एस डिलर बतास ब्रदर्सको सहायक कम्पनी पनि रहेको छ । पोखरा अटो वक्र्सको उद्घाटन सोमबार अग्नी ग्रुपका प्रबन्धनिर्देशक क्याबिनेट श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, बतास संस्थाका अध्यक्ष आनन्दराज बतास, बालाजु अटो वर्कसका स्पेयर पार्ट्स हेड युगल सिंह र गण्डकी प्रदेश प्रबन्धक सन्तोष सुबेदी तथा अग्नी ग्रुप तथा बतास संस्थाका प्रतिनिधिहरुका साथसाथै अन्य अतिथिहरुको उपस्थितिमा सामूहिक रुपमा गरिएको थियो ।
अग्नी ग्रुपले हाल नेपालभर रहेका आफ्ना नेटवर्कहरुबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा दिइरहेको छ । त्यस्तै, उत्कृष्ट तथा सहज सेवाको पहुँच बढाउने उद्देश्यका साथ थप नेटवर्क विस्तार कार्यका लागि यसरी नै आफ्ना डिलर र सबडिलरहरुको धेरैभन्दा धेरै उद्घाटन सम्पन्न गर्ने लक्ष्य पनि लिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया