‘विदेशबाट आयात गरिएका सामानहरुको खरिदलाई हतोत्साही बनाउन ब्याजदरमा वृद्धि’
काठमाडौं । नेपाल राष्ट्र बैंकका उपनिर्देशक सिद्धराज भट्टले विदेशबाट आयात गरिएका सामानहरुको खरिदलाई हतोत्साही बनाउन राष्ट्र बैंकले ब्याजदरमा वृद्धि गरेको बताएका छन् ।
भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा नेपाल राष्ट बैंकद्वारा जारी आर्थिक वर्ष २०७०/०८० को मौद्रिक नीतिसम्बन्धी सोमबार भक्तपुरमा भएको अन्तत्र्रिmया कार्यक्रममा उपनिर्देशक भट्टले यही कारण मौद्रिक नीतिमा साढे एक प्रतिशत ब्याजदर वृद्धि गरेको उल्लेख गरे ।
बैकको ब्याजदर बढेपछि उपभोक्तामा क्रय शक्ति घट्ने र यसबाट विदेशबाट आयात भएका सामानहरु खरिदमा कमी आउने विश्लेषण राष्ट्र बैंकका भएको उनको भनाइ थियो । कार्यक्रममा उनले नेपालको आर्थिक अवस्था श्रीलंकाको जस्तो कमजोर नहुनेमा ढुक्क रहन समेत आग्रह गरे । ‘नेपाल श्रीलंकाजस्तो हुन्छ भन्नु ओभर इष्टमेट (बढ्ता अनुमान) हो’, उनले भने, ‘अहिलेकै अवस्थामा त्यस्तो हुनै सक्दैन ।
श्रीलंकामा क्यान्सर नै भएको थियो तर नेपालमा रुघाखोकी मात्रै लागेको हो ।’ कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष शिवप्रसाद मानन्धरले व्यापार घाटा हुन नदिन निर्यातलाई न्यूनीकरण गर्नुपर्ने खाँंचो औँल्याए । साथै आयातलाई बढाउनुपर्ने तथा व्यापार व्यवसायमा समस्या भएकोले बैंकले व्यापारीहरुमाथि मानवीय भावना राख्नुपर्ने बताए । संघका उपाध्यक्ष एवं कार्यक्रम संयोजक कृष्णमुरारी न्यौपानेले मौद्रिक नीतिबारे जानकारी दिन कार्यक्रम आयोजना गरेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ बागमति प्रदेशका अध्यक्ष दिलसुन्दर श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँं धोवञ्जा, महासचिव दिनेश गोसाईलगायतले मौद्रित नीतिका विविध विषयमा चर्चा गरेका थिए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया