Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजिरिको यलुङमा दुई दिने छेच्यु महोत्सव हुने

जिरिको यलुङमा दुई दिने छेच्यु महोत्सव हुने


दोलखा, फागुन १३
दोलखाको पर्यटकीय क्षेत्र जिरी नगरपालिकाको यलुङमा दुई दिने ‘छेच्यु सांस्कृतिक महोत्सव’ हुने भएको छ । भ्रमण वर्ष २०२० तथा शेर्पाहरुको महाड चाड छेच्युलाई प्रचारप्रसार गर्ने उद्देश्यले आगमी फागुनको २० देखि २२ गतेसम्म दुई दिन महोत्सव गरिने भएको हो ।

जिरी नगरपालिका वडा नम्बर २ को मुख्य आयोजना तथा युवा सञ्जाल जिरी, सर्वखासा गुम्बा गुठी, चेर्दुङ युवा क्लव, बौद्ध भुवनेश्वरी मावि सहआयोजनामा दुई दिने महोत्सव गर्न लागिएको युवा सञ्जाल जिरीका अध्यक्ष केन्द्रज्योति खड्काले जानकारी दिए । जिरी बजार नजिकका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुमा हाइकिङ, जिप सफारी र साइक्लिङका लागि निरन्तर पर्यटक आउने वातावरण बनाउन महोत्सवले सहयोग गर्ने आयोजकको दाबी छ ।

गत वर्षहरुमा छिमेकी जिल्लाका नागरिक यलुङमा छेच्यु पर्व अवलोकन गर्न आउने गरेकोले यस वर्ष महोत्सव नै गर्न लागिएको आयोजकको भनाइ छ । महोत्सवमा स्थानीय भेषभूषासहित सांस्कृतिक झाकी, तालिम प्राप्त लामाहरुद्वारा धार्मिक तथा पौराणिक क्षाम नाच, छेक्युर नाच, मौलिक खाना तथा स्थानीय खाद्यपरिकार, राष्ट्रिय तथा स्थानीय कलाकारबाट सांगितिक प्रस्तुति तथा विभिन्न खेलकुद, स्थानीय उत्पादनहरु चिज, चिया, सिल्मा, रिल्दुक, ट्राउट माछा लगायतका अन्य खानाका परिकार राखिने जनाइएको छ ।

दुई दिन चल्ने महोत्सवमा दोलखा र रामेछापका करिब ६ हजार आन्तरिक तथा वाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरिएको छ । महोत्सवमा करिब १० लाख खर्च हुने आयोजकले जनाएको छ । महोत्सवको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री पार्वत गुरुङबाट गर्ने तयारी गरिएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x