Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोन पेद्वारा दुवई यात्राका विजेता घोषणा

फोन पेद्वारा दुवई यात्राका विजेता घोषणा


काठमाडौं, फागुन १३
फोन पेले दुवई यात्रा अफरका विजेता घोषणा गरेको छ । मोबाइल भुक्तानी नेटवर्क फोन पे ले ‘पैसा लिने र तिर्ने, दुवई उड्ने’ योजनाका मासिक विजेता घोषणा गरेको हो । दुवई ट्रिपका लागि ग्राहकको तर्फबाट सुप्रिया शाक्य र मर्चेन्टका तर्फबाट हिमालयन किराना पसल विजेता बन्न सफल भएको कम्पनीले जनाएको छ ।

विजेता गत बिहीबारको कल कान्तिपुरको लाइभ शो मा लक्की ड्रमार्फत घोषणा गरिएको थियो । दुवई ट्रिप जित्ने व्यक्तिले थप तीन जना व्यक्तिलाई पनि आफूसँग लैजान पाउनेछन् । विजेता २ जनवरीदेखि १ फब्रुअरीसम्म क्युआर मार्फत भुक्तानी गर्ने ग्राहक र मर्चेन्ट मध्येबाट छानिएका हुन् । फोन पेले ग्राहक र मर्चेन्टका लागि नयाँ वर्ष २०२० को अवसरमा छ महिनासम्म लागु हुनेगरी ‘पैसा लिने र तिर्ने, दुवई उड्ने’ योजना उपहार योजना सञ्चालन गरिरहेको छ । विजेताहरु दैनिक, साप्ताहिक र हरेक महिना घोषणा गरिनेछ ।

दैनिक पाँच जना ग्राहकले एउटा कारोबारको शतप्रतिशत क्यास ब्याक प्राप्त गर्नेछन् । यस्तै पाँच मर्चेन्टले आकर्षक उपहार प्राप्त गर्नेछन् । यसैगरी हरेक हप्ता एक जना ग्राहक र मर्चेन्टले २५ हजार रुपैयाँको मोबाइल फोन जित्न सक्नेछन् । यस उपहार योजनामा हरेक महिना एक जना ग्राहक र मर्चेन्टले दुवई ट्रिप जित्न सक्नेछन् । दुवई ट्रिप जित्ने ग्राहक र मर्चेन्टले अन्य थप तीन जनालाई पनि दुवर्ई ट्रिपमा लैजान पाउनेछन् । उपहार योजना जुन अन्त्यसम्म सञ्चालन हुनेछ । यस उपहार योजनामा कुल १८ सय १० जनाले शतप्रतिशत क्यास ब्याक पाउनेछन् ।

यसैगरी साप्ताहिक दुई जनाका दरले ५० जना र प्रत्येक महिना दुई जनाका दरले १२ जनाले उपहार जित्ने मौका पाउनेछन् । फोन पे का हाल ९० हजारभन्दा धेरै मर्चेन्टरहका छन् भने नेपालभरका ५० भन्दा बैंक तथा वित्तीय संस्थाका ८० लाख मोबाइल बैंकिङ सदस्य रहेका छन् । फोन पेले सदस्य बैंक तथा वित्तिय संस्थामार्फत थप नेटवर्क विस्तार गर्दै लगिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x