Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको नयाँ विद्युतीय कार नेपालमा

हुन्डाईको नयाँ विद्युतीय कार नेपालमा


काठमाडौं, फागुन १३
हुन्डाईको नेपालका लागि आधिकारिक डिलर लक्ष्मी इन्टरनेशनल प्रालिले आफ्नो नयाँ विद्युतीय कार आईनिक २०२० सार्वजनिक गरेको छ । हुन्डाई आईनिकको यो नवीनतम भर्जन अझ उत्कृष्ट पावर र विशेषताका साथ आएको छ । यो नयाँ इलेक्ट्रिक प्रिमियम सेडानले विद्युतीय गाडीहरुमध्ये नयाँ आयाम रच्ने कम्पनीको दाबी छ ।

यसको अत्याधुनिक प्रविधिले राइडलाई पावरफूल, आरामदायी, सुरक्षित र झन्झटमुक्त बनाउँछ । यसमा ३८ दशमलव तीन किलोवाट इलेक्ट्रिक मोटरको साथ एक सय किलोवाटको ब्याट्री पावर छ र यसको अधिकतम स्पिड १६५ केपीएच छ, जसले यसलाई विना झन्झट लामो दूरीको यात्राको लागि उत्कृष्ट बनाउँछ र यसको ड्राइभिङ्ग रेन्ज ३११ कि.मि. छ ।

यो पूर्ण इलेक्ट्रिक मोबिलिटीले पार्टहरु हल्लिन कम गर्ने भएकोले गाडी कुनै आवाजविना आरामले गुड्छ । नयाँ इलेक्ट्रिक गाडीमा प्याडल सिफ्ट गर्न मिल्ने सुविधा छ, जसले रिजेनेरेटिभ ब्रेकिङ्गमा चार लेबलको नियन्त्रण प्रदान गर्दछ र यसले चालकलाई सिस्टमको डिफल्ट इको ड्राइभिङ्गको र तीव्र प्रदर्शनको लागि फुल पावर प्रदान गर्छ । ग्राहकले अब इलेक्ट्रिक गाडी किन्दा लुक्समा सम्झौता गर्नुपर्दैन किनकि यसमा एलईडी डिआरएल र हेडल्याम्पस, स्मार्ट ईलेक्ट्रीक सनरुफ र नयाँ आइकोनिक ग्रिल छ ।

कम्पनीका अनुसार यसमा विभिन्न आरामदायी र सहुलियतका विशेषताहरु छन् । यसमा ८ इन्चको फ्लोटिङ्ग टच स्क्रीन, हिटेड र भेन्टिलेटेड सिटहरु, ड्राइभ मोड सेलेक्ट, वायरलेस फोन चार्जरलगायतका सामग्रीहरु रहेको कम्पनीले जनाएको छ । यसै गरी यी गाडीहरु ७–एयर ब्याग सिस्टम, हिल एसिस्ट कन्ट्रोल, एन्टी–लक ब्रेकिङ्ग सिस्टम, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, रियर पार्किङ्ग क्यामरा र सेन्सरहरु जस्ता सुरक्षावद्र्धक विशेषताहरुले भरिपूर्ण रहेको कम्पनीको दाबी छ ।

उच्च प्रभावकारिता र वातावरणमैत्री सवारी–साधन उत्पादन गर्ने आफ्नो प्रतिबद्धतालाई हुन्डाईले आईनिक २०२० को साथ पूरा गर्दै उल्लेखनीय फड्को मारेको छ । ग्राहकहरुलाई ड्राइभिङ डाइन्यामिक्स, लुक्स र पर्फरमेन्समा सम्झौता नगरी विविध वातावरणमैत्री गाडीहरुबाट प्रेरित गर्न हुन्डाई भविष्यको पूर्णरुपले तयार रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x