महिन्द्राको इलेक्ट्रिक थ्री–ह्विलर अटो ‘ट्रियो’ विराटनगर र इटहरीमा पनि सार्वजनिक
काठमाडौं । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर विराटनगर र इटहरीमा पनि सार्वजानिक गरेको छ । कम्पनीले बिहीबार इटहरी र बुधबार विराटनगरमा एक विशेष कार्यक्रमका बीच ट्रियो सार्वजनिक गरेको हो ।
कम्पनीले यसअघि चितवन, हेटौंडा, धनगढी, जनकपुरधाम लगायतका सहरमा ट्रियो इलेक्ट्रिक अटो सार्वजनिक गरिसकेको छ । महिन्द्रा ट्रियो पूर्ण निर्माण युनिट (सीबीयू) संरचनाको माध्यमबाट नेपाल आउने गर्दछ । यो गाडी महिन्द्राको भारतको बेंगलुरुस्थित फ्याक्ट्रीमै निर्माण भइरहेको कम्पनीले जनाएको छ । दक्षिण नेपालको तराई क्षेत्रका चुनिएका केही क्षेत्रमा ट्रियो अटो वितरण गर्न तयारी लागि बुकिङ सुरु भएको छ ।
महिन्द्राको अधिकृत ईभी वितरक अग्नि इनर्जीले नेपालमा ट्रियो बिक्री गर्नेछ । महिन्द्रा ट्रियोसँग ग्राहकले वार्षिक दुई लाख रुपैयाँ (पेट्रोल अटोको तुलनामा) बचत गर्नसक्ने छन् । महिन्द्रा ट्रियो १० हजार भन्दा बढी सवारीसाधनको बिक्री भएको भारतको सबैभन्दा ठूलो लिथियम आयोन इलेक्ट्रिक अटो प्लेटफर्म हो । सन् २०१८ मा यसको सार्वजनिक भएदेखि यसले छ करोड ३० किलोमिटर भन्दा बढी दूरी तय गरिसकेकोे छ ।
अग्नि इनर्जीको पिपलबोट बिराटनगर र इटहरीका लागि बिक्रेता रोयल अटो इन्टरप्राइजेसका प्रबन्धनिर्देशक किरण भट्टराईका अनुसार महिन्द्रा ट्रियो किन्ने ग्राहकहरूले उत्कृष्ट इन्जिनियरिङ र विश्वसनीयताबाट लाभ उठाउन सक्छन् । उल्लेखनीय विशेषताको आकर्षक सेट, शून्य प्रदूषण र इच्छाइएका गुणहरूका साथ, ट्रिओले नेपालमा कार्यक्षमताका साथै किफायतका लागि नयाँ मानक निर्धारण गर्नेछ । कम्पनीका अनुसार नेपालले वातावरणमैत्री साथसाथै दीर्घकालीन दिगोपनको एजेन्डा अपनाएको छ । नेपाल सरकारले विद्युतीय सवारी साधनको प्रवर्द्धन गर्दै आएकाले विद्युतीय थ्री व्हीलर सवारी साधनको शुभारम्भ गर्ने सही समय यही हो ।
ट्रियोमा उद्योगकै सबैभन्दा राम्रो (बेस्ट इन इन्ड्रस्ट्री) दुई हजार ७३ मिलिमिटर ह्विलबेसका साथ, जस्तोसुकै कच्ची सडकमा पनि आरामदायी सवारीका लागि अगाडि हाइड्रोलिक सक एब्जर्भर र पछाडि लिफ स्प्रिङको प्रयोग गरिएको छ । यस सवारीसाधनमा राम्रो रोक्ने शक्ति भएको हाइड्रोलिक ब्रेक पनि उपलब्ध गराइएको छ । पूर्ण रूपमा डिजिटल यान्त्रिक कन्सोलले चार्जको अवस्था (स्टेट अफ चार्ज–एओसी), गाडी चलाउने दायरा, गति, ड्राइभ मोड संलग्नता र अन्य विभिन्न सूचनाहरूको विस्तृत जानकारी प्रदर्शन गर्दछ । कम्पनीका अनुसार ट्रियो नेपालमा तीन वर्ष वा ८० हजार किमि वारेन्टीसहित आउँछ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- म्याग्दीमा करिब तीन हजार उद्योग
- दोहोरो अंकले घट्यो नेप्से
- अनावश्यक खर्च कटौती गर्नुपर्छ: मुख्यमन्त्री कार्की
- भारतीय स्थल सेनाध्यक्ष पाँचदिने औपचारिक भ्रमण पछि स्वदेश फिर्ता
- मोरङको मिक्लाजुङ गाउँपालिका र जापानको मिनामिताने सहरबीच भगिनी सम्बन्ध
- युवा र युवती एकैठाउँमा मृत फेला
- राहदानी विभागको सेवा ठप्प सेवाग्राही आक्रोशित
- प्रतिनिधिसभा सचिव अधिकारीद्वारा राजीनामा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया