दराजमल फेस्ट घोषणा : प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा विशेष छुट
काठमाडौं । अनलाइन बजार दराजले दराजमल फेस्ट सुरु गरेको छ । यस अभियान दराज मलमार्फत दराजका ग्राहकहरूलाई अद्वितीय र प्रिमियम शपिङ अनुभव प्रदान गर्ने कुरामा केन्द्रित हुनेछ भने अभियानको मुख्य विशेषताहरूमा एड टु कार्ट एण्ड विन, सात हजार रुपैयाँसम्मको भौचरहरू, ब्रान्ड अफ द डे, फ्ल्यास सेल, शेक शेक र वाल अफ फेम रहेको छ ।
दराजमल, दराजद्वारा सुरु गरिएको एक अनलाइन शपिङ मल हो, जसमा सोनी, सामसङ, गोल्डस्टार, रिम्याक्स, वाइल्डहर्न साथै पाँच सयभन्दा बढी अग्रणी राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डहरु चित्रित छन् । शतप्रतिशत प्रामाणिक उत्पादनहरु र १४ दिन फिर्ता नीतिसँग दराजमलले ग्राहकहरुलाई राम्रो किनमेलको अनुभव सुनिश्चित गर्नको लागि प्रदान गर्दछ । त्यसैकारण, दराजमल फेस्ट ग्राहकहरुको लागि अद्भुत मूल्यहरुमा आफ्नो मन पर्ने प्रिमियम ब्रान्डहरु खरिद गर्नको लागि एक सुनौलो अवसर हो ।
विगतमा जस्तै, ग्राहकहरुले दराजमल फेस्टमा बैंक डेज छुटमार्फत डेबिट र क्रेडिट कार्डबाट प्रि–पेमेन्ट गर्दा थप १५ प्रतिशसम्म छुट पाउन सक्छन् । कम्पनीका अनुसार मंगलबार ग्लोबल ईएमई बैंकबाट, बिहीबार मेगा बैंकबाट, शुक्रबार नबिल बैंकबाट र शनिबार स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट डेबिट/क्रेडिट कार्ड भुक्तानीमा १० देखि १५ प्रतिशतसम्म छुट पाइनेछ । यस्तै पहिलो पटक भिसा कार्ड भएका दराज प्रयोगकर्ताहरूले भिसा डेबिट कार्ड/क्रेडिट कार्डमा १० प्रतिशतको अतिरिक्त प्रि–पेमेन्ट छुट प्राप्त गर्न सक्छन् । त्यसैगरी, दराजमा किनमेल गर्ने र इसेवा वालेटमार्फत भुक्तानी गर्ने ग्राहकले १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
यीबाहेक, ब्रान्ड अफ द डेजस्ता अफरहरूले ग्राहकहरूलाई उनीहरूको मन पर्ने ब्रान्डहरूमा थप छुटहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ । अभियानको अवधिभर प्रत्येक दिन एउटा चयन गरिएको दराज मल ब्रान्डले आफ्ना उत्पादनहरूमा विशेष छुट दिनेछ । कम्पनीका अनुसार आमायरा फेसन हाउसले आफ्ना सबै उत्पादनहरूमा ६० प्रतिशतसम्म छुट दिनेछ, एकले आफ्ना सबै उत्पादनहरूमा १० प्रतिशत र फ्यानटेकले अभियानका क्रममा आफ्ना उत्पादनहरूमा ५५ प्रतिशतसम्म छुट उपलब्ध गराउनेछ ।
यस्तै एड टु कार्ट एण्ड विनले ग्राहकहरूलाई आफ्नो कार्टमा आफ्ना मनपर्ने दराज मल उत्पादनहरू थपेर अभियान भरि हरेक दिन भौचर जित्ने मौका प्रदान गर्दछ । साथै, दराजका नयाँ प्रयोगकर्ताहरूले पहिलो अर्डरमा दुई सय रुपैयाँको भौचर प्राप्त गर्न सक्नेछन् भने दराज गेम्स, दराज लाइभ र सेलर भौचरमार्फत थप छुट पनि पाउनेछन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
- यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
- एमाले इलामको अध्यक्षमा बराल निर्वाचित
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया