Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपशुपतिमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्यशिविर

पशुपतिमा वृज सिमेन्टको निःशुल्क स्वास्थ्यशिविर


काठमाडौं । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्यशिविर सञ्चालन गरेको छ । कम्पनीले साउनको अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथसम्म विभिन्न ८ स्थानमा बोलबमका भक्तजनहरुलाई निःशुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुसलगायतका सेवा प्रदान गरेको हो ।

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, वृज सिमेन्टको संयुक्त आयोजनामा यो कार्यक्रम गरिएको हो । विभिन्न स्थानबाट आउने र पशुपति दर्शन गर्ने भक्तजनहरुलाई एक सय ५० जना विभिन्न स्वयंसेवकहरुद्वारा आठ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षण गरिएको छ । स्वास्थ्यशिविर क्याम्पमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो ।

उक्त्त स्वास्थ्य शिविरका अनुसार करिब दुई हजार धर्मावलम्बीहरुले यस स्वास्थ्यशिविरमा स्वास्थ्य परिक्षण गराएका थिए । साउनको सोमबार देशभर महादेवको विभिन्न मन्दिरहरुमा पूजा अर्चना गरिन्छ । सोमबार विशेष रुपमा पशुपतिनाथ, डोलेश्वर महादेव, हलेसीलगायत देशभरका विभिन्न स्थानमा पूजा अर्चना गरिन्छ । वृज सिमेन्टको यो कार्य आफ्नो कम्पनीको वार्षिक कार्यक्रमअन्तर्गत संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x