Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटी

नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा बोगटी


काठमाडौं । नेपाल छाला जुत्ता उत्पादक संघको अध्यक्षमा हरिराम बोगटी चयन भएका छन् । बौगिन भिल्ला इभेन्टसमा सम्पन्न साधारणसभाले बोगटीलाई तीन वर्षको लागि अध्यक्षमा चयन गरेको हो । साधारणसभाले ११ सदस्य कार्यसमिति समेत चयन गरेको छ ।

कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा दिल कु. विशंखे, उपाध्यक्षमा लक्ष्मण मग्राती, महासचिवमा विधान बोगटी, सचिवमा कुमार मग्राती र कोषाध्यक्षमा सान्बाबु बोगटी चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा प्रमेश विसुन्के, राजन रम्तेल, योगश कुमार नेपाली, राजुन नेपाली (मिजार) र रोशन रोक्का छन् । नेपाल छाला जुत्ता उत्पादक संघका निवर्तमान अध्यक्ष बासु रोक्का (नेपाली)को अध्यक्षमा भएको साधारणसभाको प्रमुख अतिथिमा व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक सरद विक्रम राणा थिए । त्यसैगरी कार्यक्रममा व्यापार तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत मेघनाथ रिजाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठ र नेपाल हस्तकला महासंघका वरिष्ठ उपाध्यक्ष सनम शाक्यलगायतका उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x