Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा

भिभो सन् २०२२ को दोस्रो त्रैमासिकमा चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा


काठमाडौं । काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स रिपोर्टका अनुसार सन् २०२२ को दोस्रो त्रैमासिकमा १९.८ प्रतिशत बजार हिस्साको साथ भिभो चीनको स्मार्टफोन बजारमा पहिलो स्थानमा रहन सफल भएको छ । मोर ग्लोबल तथा मोर लोकल अवधारणालाई पछ्याउँदै भिभोले स्थानीय संस्कृतिलाई राम्रोसँग बुझेर विश्वव्यापी रुपमा विस्तार गरिरहेको छ ।

हाल भिभोले ६० भन्दा बढी देश र क्षेत्रहरूमा आफ्नो बिक्री नेटवर्कको शाखा विस्तार गरिसकेको छ । साथै विभिन्न मूल्य दायरामा विश्वभरका चार सय मिलियनभन्दा बढी प्रयोगकर्ताहरूको मन जितिसकेको छ । सन् २०२२ को दोस्रो त्रैमासिकको सेल्स परिणामबारे कुरा गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भिभोको विविध पोर्टफोलियोले ब्राण्डलाई आफ्नो नेतृत्व कायम गर्दै राम्रो बजार हिस्सा ओगट्न मद्दत गरेको बताए । उनका अनुसार ब्राण्डले सकारात्मक सन्देश र नवीन क्षेत्रीय रणनीतिद्वारा यो गति हासिल गरेको हो ।

विशेष गरी युवा ग्राहकहरुबाट ब्राण्डले बजेट फेन्ड्ली खण्डमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । नवीनता र प्रविधिमा विशेष केन्द्रित भएर भिभोले बलियो गति कायम गर्दै सबै क्षेत्रमा ग्राहकहरूको माया र समर्थनको लागि आफूलाई योग्य साबित गरेको कम्पनीको दाबी छ । उपभोक्ता–केन्द्रित ब्रान्डले आफ्नो भी र वाई सिरिजका कारण यो सफलता तथा लोकप्रियता हासिल गरेको छ । भी शृंखला, यसको क्यामेरा–केन्द्रित नवीनता र जेसिस्सँगको साझेदारी तथा वाई शृंखला, यसको प्रविधि तथा बजेट फ्ल्यागशिप अनुभवको कारण युवाहरूको रोजाइमा परेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x