Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगस्प्राइटको क्याम्पेन : टिभी र स्मार्टफोन जित्न सकिने

स्प्राइटको क्याम्पेन : टिभी र स्मार्टफोन जित्न सकिने


काठमाडौं । पेयपदार्थ स्प्राइटले प्रोमोसनल क्याम्पेन ल्याएको छ । क्याम्पेनमार्फत स्प्राइटले आफ्ना उपभोक्ताहरुलाई हरेक घण्टा सामसङ एओथ्रीएस स्मार्टफोन र हरेक हप्ता ४३ इन्चको सामसङ टेलिभिजन जित्ने मौका प्रदान गरेको हो ।

यो योजना स्प्राइटमा मात्र नभएर कोका–कोला र फ्यान्टाको पेट बोतलहरुमा पनि लागू हुनेछ, जसले यो क्याम्पेनलाई कोका–कोला नेपालको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रोमोसनल क्याम्पेन बनाएको छ । कम्पनीका अनुसार उपभोक्तासँग आफ्नो सम्बन्ध अझ नजिक बनाउन र उनीहरुलाई रमाइलो र यादगार क्षणहरु प्रदान गर्न कोका–कोला नेपाल सदैव केही न केही गरिरहेको हुन्छ र यो योजना त्यस्तै एक प्रयास हो । यो अफरमा सहभागी हुन उपभोक्ताहरूले बोतलको प्रमोसनल लेबलमा रहेको क्यूआर कोड स्क्यान गरी त्यसको पछाडि भएको सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर प्रदान गर्नुपर्ने हुन्छ । अथवा, उक्त सिरियल नम्बर र आफ्नो मोबाइल नम्बर ३४९४९ मा पनि एसएमएस गर्नुपर्ने हुन्छ । यो अफर स्प्राइट, कोका–कोला र फ्यान्टाको २५० मिलि, ५०० मिलि, १.५ लिटर र २.२५ लिटर पेट बोतलहरुमा नेपालभरी लागु हुनेछ ।

साउनबाट सुरु भएको यो अफर असोज ९ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ । बजारमा यो अफर लागू नहुने बोतलहरु पनि उपलब्ध छन् । पुरस्कार सम्बन्धि सम्पूर्ण शर्त र विवरणहरु कम्पनीको वेबसाइटमा हेर्न सकिनेछ । साथै पुरस्कार दाबी गर्न उपभोक्ताले आफ्नो लेबल सुरक्षित राख्नुपर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x