ग्रिल व्यवसायीलाई सुरक्षा तालिम
काठमाडौं । ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपाल र व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको सहकार्यमा ग्रिल तथा स्टिल व्यवसायी संघ दमक इकाइ समितिभित्र रहेका ग्रिल उद्योगी र ग्रिल श्रमिकलाई लक्षित गरी तीन दिवसीय सचेतना कार्यक्रम आयोजना गरिएको छ ।
उक्त कार्यक्रमको दमक नगरपालिकाका मेयर राम थापाले उद्घाटन गरेका थिए । कार्यक्रमा उनले दमक नगरभित्र सञ्चालित ग्रिल उद्योगलाई व्यवस्थित गरी सुरक्षित एवम वातावरणमैत्री उद्योग सञ्चालन गर्न यस तालिमले मद्दत पुग्ने बताए । दमक नगरपालिकाभित्र अवैध रुपले सञ्चालित ग्रिल उद्योगलाई सहज किसिमले कानुनी दायरामा ल्याउने र कानुनी दायरामा आउन नचाहने ग्रिल उद्योगी र मेट्ल फेब्रिकेटर्सलाई निरुत्साहित गर्ने प्रतिबद्धता समेत उनले जनाएका थिए । दमक नगरपालिकाका उपमेयर रेगिना भट्टराई प्रसाईंले ठूलो संख्यामा रोजगारी दिँदै आइरहेको नगरपालिकाभित्रका ग्रिल उद्योगीका समस्याहरु समाधान गरी व्यवस्थित उद्योग सञ्चालन गर्ने वातावरण सृजना गर्न दमक नगरपालिकाले सहयोग गर्ने उल्लेख गरिन् । यस्तै उनले सुन्दर सफा नगरपालिका बनाउन सबै ग्रिल उद्योगी र श्रमिकहरुलाई आग्रह समेत गरिन् ।
कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष मोहन कटुवालले व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी ज्ञान नहुँदा वर्षेनी अकालमा ज्यान गुमाउनेको सख्या बढिरहेको बेला यस्तो तालिमले दुर्घटना न्यूनीकरण गर्न मद्दत मिल्ने बताए । साथै उद्योगलाई व्यवस्थित र स्वच्छ वातावरणमैत्री बनाउन, कार्यस्थल सुरक्षित बनाउन बटेवा पुग्ने बताउँदै यस्तो तालिम देशका अन्य भागमा पनि निरन्तर रुपमा सञ्चालन गर्ने जानकारी गराए । उक्त तीन दिने तालिमका सहभागीलाई तालिम समापनपछि प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया