रियलमी ९ प्रो फाइभजी र रियलमी सी३० नेपालमा सार्वजनिक
काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एन्ट्री लेभल स्मार्टफोन रियलमी ९ प्रो फाइभजी र रियलमी सी ३० नेपालमा लन्च गरेको छ । लन्चमा बोल्दै रियलमी नेपालको कन्ट्री हेड मुनिश गिरीले यो स्मार्टफोन नेपालीहरुको लागि एकदमै महत्वपूर्ण स्मार्टफोन सिरिज रहेको बताए । उनका अनुसार यो फोन बेस्ट फिचर र पावर प्याक्ड पर्फर्मेन्स सहित नेपाली उपभोक्ताहरुले खोजेको मूल्यमा उपलब्ध छ ।
रियलमी ९ प्रो फाइभजी : इन्डस्ट्री लिडिङ लाइट शिफ्ट डिजाइनयुक्त यो फोनमा अत्यधिक शक्तिशाली ब्याट्रि, क्लास लिडिङ प्रोसेसर र उत्तिकै शक्तिशाली फाइभजी चिप सेट छ । एन्ड्रोइड १२ ओएस भएको यो फोनको यूआई भर्जन ३.० रहेको छ । यसमा फाइभजी प्रोसेसर मध्यको सबै भन्दा शक्तिशाली प्रोसेसर स्न्यापड्रगन ६९५ फाइभजी छ भने १२० हर्जको अल्ट्रा स्मुथ फुल डिस्प्ले छ । क्यामराको कुरा गर्नुपर्दा यसमा ६४ एमपीको ट्रिपल क्यामरा रहेको छ । १६ एमपीको वाइड एंगल सेल्फी क्यामराले ग्रुप सेल्फी लिन सहज बनाएको छ । त्यस्तै साइड माउन्टेड फिङर प्रिन्ट सेन्सर छ ।
पाँच हजार मेगाहर्जको शक्तिशाली ब्याट्री भएको यो रियलमी ९ प्रो फाइभजी स्ट्यान्ड–बाइ मोडमा ५८१ घण्टासम्म टिक्छ भने १३९ घण्टासम्म म्युजिक प्लेयर अन गर्न सकिन्छ । त्यस्तै यसमा भएको ३३ वाटको डार्ट चार्जिङ सोलुसनले जम्मा २७ मिनेटमा नै ५० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । अरोरा ग्रिन र सनराइज ब्लुमा ८/१२८ जिवीको स्टोरेज क्षमतासहित उपलब्ध यसको मूल्य ३८ हजार नौ सय ९९ रुपैयाँ छ ।
रियलमी सी३० :एन्ट्री लेभलको सबैभन्दा स्टाइलिस रियलमी सी३० को अल्ट्रा स्लिम भर्टिकल डिजाइन स्ट्राइपले यसलाई अत्यन्तै आकर्षक लुक त दिएको छ । साथै यो फोन हातमा समाउन पनि उत्तिकै सजिलो छ । यो सेट यो बजेटमा उपलब्ध पातलो र हल्का मध्यको एक हो । यसको हाइ स्पिड फ्ल्यास स्टोरेजले तीन गुणासम्म छिटो डाटा रिड र राइट गर्न सक्छ । यसमा पछाडिको क्यामरा आठ एमपीको छ भने अगाडिको क्यामरा पाँच एमपीको छ । शक्तिशाली पाँच हजार मेगाहर्जको ब्याट्रीको साथमा प्रयोगकर्ताहरुले दिनभर आनन्दसँग फोन चलाउन सक्छन् भने स्ट्यान्डबाइ मोडमा ४५ दिनसम्म टिक्छ ।
यो ब्याम्बू ग्रिन र लेक ब्लु रंगमा २/३२ र ४/६४ को स्टोरेजमा उपलब्ध छ । २÷३२ को मूल्य १४ हजार चार सय ९९ रुपैयाँ छ भने ४/६४ को १९ हजार नौ सय ९९ रुपैयाँ छ । रियलमी सी३० नेपालभरका स्टोर र अनलाइन मार्फत दराजमा आइतबारबाट नै उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया