Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाई नेपालको वृक्षरोपण कार्यक्रम

हुन्डाई नेपालको वृक्षरोपण कार्यक्रम


काठमाडौं । हुन्डाई नेपालले ‘बी(भी) द चेन्ज’ अभियानअन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा दुई सयभन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका विभिन्न उमेर समूहका करिब एक सय ५० जनाको सहभागिता थियो । कोना र आयोनिक ५ गरी ४० भन्दा बढी विद्युतीय गाडीहरू थापाथलीबाट बूढानीलकण्ठसम्म गएको थियो ।

हुन्डाई नेपालको ‘बी(भी) द चेन्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरणमैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याईएको हो । बी (भी) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटीको पर्याय बनेको आजको समयमा ‘बी(भी) द चेन्ज’ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ । यस अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रमहरूमध्ये एक वृक्षरोपणले साधारण सवारीसाधनहरुको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आशा राखिएको छ ।

त्यस्तै आगामी दिनमा पनि कम्पनीले यस अभियानअन्तर्गत पर्यावरण दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने ध्येय राखेको छ । गएको वर्ष सेप्टेम्बरमा हुन्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्यूट्रल लक्ष्यभन्दा पाँच वर्ष अगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्युट्रालिटीतर्फ सन् २०२५ सम्ममा २३ वटा पर्यावरणमैत्री लाइनअप ल्याई १० लाखभन्दा बढी विद्युतीय सवारीसाधन तयार गर्ने योजना बनाएको छ ।

हुन्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘गोल अफ द सेन्चुरी’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत फुटबलप्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x