Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकरादीबजारमा टेलिकमको एफटीटीएच सेवा

करादीबजारमा टेलिकमको एफटीटीएच सेवा


गल्याङ । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङले स्याङ्जाको करादीबजारमा एफटीटीएच सेवा सुचारु गरेको छ । करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल डाटा प्रयोग गर्न सक्नेछन् ।

साथै टेलिकमको कार्यालय गल्याङमा पीएसटीएन टु एफटीटीएच पूर्ण माइग्रेसन सफल भएको छ । पीएसटीएन टु एफटीटीएच पूर्ण माइग्रेसन हुँदा आफूले इच्छाएको इन्टरनेट स्पिड सहजै प्राप्त गर्नुका साथै प्रविधिमैत्री समाज निर्माणमा सहयोग पुगेको नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखराका प्रमुख इन्दल यादवले बताए । उनका अनुसार नेपाल टेलिकमले ग्रामीण भेगको दुरदराजदेखि सहरसम्मकै सेवामा कुनै गुनासो नआउने गरी उपभोक्तालाई प्रविधिसँग नजिक बनाउने योजना लिएको बताए ।

गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले नेपाल टेलिकमले प्रदान गरेको सेवाले नगरबासी सन्तुष्ट रहेको जानकारी दिँदै एफटीटीएच पूर्ण माइग्रेसनले सहरी सौन्दर्यतामा समेत सहयोग पुग्ने बताए । त्यसैगरी नेपाल टेलिकम दूरसञ्चार कार्यालय पोखराका प्रमुख रवि मानन्धरले एफटीटीएच सेवाको क्रमिक विस्तारले आम उपभोक्ताको जनजीवन विकसित बन्दै गएको बताउँदै अन्य प्राइभेट अपरेटरले विस्तारको गरेको सेवासँग नेपाल टेलिकमको सेवालाई तुलना गर्न नहुने बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x