नेपाल इको प्यानलको ७० वर्षे वारेन्टी
काठमाडौं । नेपाल इको प्यानलले ७० वर्षको वारेन्टी घोषणा गरेको छ । स्थायी तथा अस्थायी संरचनामा पार्टेसन वालको रुपमा नेपाल इको प्यानल लगाइसकेपछि ७० वर्षभित्र नेपाल इको प्यानलमा केही म्यानफ्याक्चरिङ डिफेक्टलगायत अरु केहीसमस्या आएमा रिप्लेसमेन्ट ग्यारेन्टी दिने घोषणा गरेको हो ।
नेपाल इको प्यानलका उत्पादनहरु घटीमा ७० वर्षसम्म टिक्ने भएकाले यस्तो घोषणा गरेको कम्पनीले जानकारी दिएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विभिन्न अनुसन्धानपत्रको अध्ययनपश्चात् नेपाल इको प्यानल ७० वर्षसम्म केही नहुने निश्चित भएको बताए । ‘निरन्तरको घामपानी, आगलागी जस्ता भवितव्यका साथै म्यानिफ्क्यारिङ डिफेक्टका कारण नेपाल इको प्यानलमा केही समस्या आए यसको रिप्लेसमेन्ट ग्यारेन्टी हामी दिन्छौँ’, दुवालले भने, ‘त्यसकारण ढुक्क भएर हाम्रो लाइटवेट कंक्रिट प्यानलहरु घरको भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग गर्न हामी आह्वान गर्छाैँ ।’
नेपाल इको प्यालन ईपीएस (चलनचल्तीको भाषामा थर्माेकोल), सिमेन्ट, वालुवाको मिश्रण र दुईतिर चार दशमलव पाँच मिलिमिटर मोटाइको सिमेन्ट बोर्ड/क्लासियम सिल्केट बोर्डबाट बनेको हुन्छ । ईपीएस भनेको हलुका तथा दिगो निर्माण सामग्री उत्पादन गर्न क्रंक्रिटमा मिसाउने एकखालको पोलिस्टायरिन हो । यसको घनत्व १० देखि १२ किलो प्रतिघनमिटर मात्र हुन्छ । यो ईपीएस वालुवा, सिमेन्टमा मिसाउँंदा कंक्रिटको घनत्व छ सय ५० किलो प्रति घनमिटर मात्र हुन्छ, जब कि साधारण कंक्रिटको घनत्व दुई हजार चार सय किलो प्रतिघनमिटर हुन्छ ।
‘नेपाल इको प्यानल बन्दा त्यसमा ईपीएस मिसाउने भएकोले यसको पानी सोस्ने क्षमता छ दशमलव नौ प्रतिशत मात्रै हुन्छ, जबकि साधारण प्लाष्टरको पानी सोस्ने क्षमता नौ दशमलव चार प्रतिशत हुन्छ’, सीईओ दुवालले थपे, ‘कुनै पनि सिमेन्ट कंक्रिटमा पानी सोस्ने क्षमता कम हुनु भनेकै यसको आयु बढ्नु हो । यो कुरा विभिन्न अध्ययनले देखाएको छ ।’ नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा बाहिरी पार्टेसन वालको रुपमा प्रयोग हुने निर्माण सामग्री हो ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया