Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगआईएमई पे र दराजको ‘दराज वालेट डे’ अफर

आईएमई पे र दराजको ‘दराज वालेट डे’ अफर


काठमाडौं । आईएमई पे र दराजबीच ‘दराज वालेट डे’को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भाउचर पाउने गरी व्यवस्था मिलाइएको छ ।

प्रयोगकर्ताहरुलाई हरेक बुधबार आईएमई पे एपको १० प्रतिशत छुट पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिनेछ । यसअघि पनि आईएमई पे दराजको भुक्तानी पार्टनर रही यस्ता विभिन्न छुट सम्बन्धित अफरहरु र यसै ‘दराज वालेट डे’को पहिलो संस्करण पनि छ ।

दराज नेपाल र आईएमई पेबीच फागुन १३ गते आईएमई कम्प्लेक्समा भएको यो सम्झौताले पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाउन प्रोत्साहन दिने दुवै कम्पनीले जनाएका छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x