Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगड्याट्सन गाडीले सार्वजनिक ग¥यो ‘हट डिल’ योजनाका विजेता

ड्याट्सन गाडीले सार्वजनिक ग¥यो ‘हट डिल’ योजनाका विजेता


काठमाण्डौं,फागुन १४
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले ‘ड्याट्सन हट डिल’ योजनाका विजेताहरुको नाम घोषणा गरेको छ । कम्पनीले दशैंतिहारको उपलक्ष्यमा सञ्चालन गरेको ‘ड्याट्सन हट डिल’ योजनाअन्र्तगत ग्राहकहरुलाई लक्षित गरी विभिन्न पुरस्कारहरु घोषणा गरेको थियो । यस योजनाअन्र्तगत नयाँ कार खरिद गर्ने सम्पूर्ण ग्राहकहरु ‘ड्याट्सन हट डिल’ लक्की ड्रका लागि योग्य मानिएका थिए ।

यस योजनाका भाग्यशाली विजेताहरुको नाम मंगलबार पायोनियर मोटो कर्पको आधिकारिक शोरुम थापाथलीमा घोषणा गरिएको हो । लक्की ड्र प्रक्रियाद्वारा १० जना भाग्यशाली जोडी थाइल्याण्डको भ्रमणका लागि तथा ५ जना भाग्यशाली ग्राहकहरु १०÷१० ग्रामको सुनको सिक्काका लागि छानिएका छन् । सो कार्यक्रममा पायोनियर मोटो कर्पका पदाधिकारीद्वारा विजेताहरुलाई बधाई तथा धन्यवाद ज्ञापन गरेका थिए । पायोनियर मोटो कर्प ड्याट्सन न्यू गो तथा ड्याट्सन रेडी गो ०.८ लिटर र १.० लिटर तथा गो प्लसका आधिकारिक बिक्रेता रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x