Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा

निसानको फेस्टिभ ड्राइभ लक्की ड्र स्किमको विजेता घोषणा


काठमाण्डौं,फागुन १४
नेपालमा निसान गाडीको अधिकारिक वितरक तथा बजार ब्यबस्थापक कम्पनि पायोनियर मोटो कर्पले चाड पर्वको उपलक्ष्यमा फेस्टिभ ड्राइभ उपहार योजना ल्याएको थियो । उक्त योजनाअन्तर्गत हरेक निसान गाडी खरिद गर्ने ग्राहकहरुले लक्की ड्र स्किममा भाग लिन मौका पाएका थिए । सोही स्किमको विजेताहरुको मंगलबार नाम घोषणा गरिएको छ ।

लक्की ड्र द्वारा १० जना भाग्यशाली विजेताहरुले मलेसिया भ्रमण गर्ने मौका र साथै ५ जना ले १० ग्राम सुनको सिक्का पाएका छन् । उक्त समारोहमा पायोनियर मोटो कर्पका अधिकारीहरुले बिजेताहरुलाई बधाई दिनुका साथै सबै सहभागीहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।हाल पायोनियर मोटो कर्पले नेपालमा निसान माइक्रा, सन्नी, किक्स, नभारा, एक्स(ट्रेल, उर्भान र प्याट्रोल गाडीहरु बिक्री गरिरहेको छ भने चाँडै नै निसान को नया इलेकट्रिक गाडी लीफ पनि नेपालमा भित्र्याउने तयारी गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x