Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा


काठमाडौं । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर, काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइज गर्नुको साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानैदेखि घण्टौँ लाइनमा बसेर पाउने सास्तीबाट बिरामीवर्गले छुटकारा पाउनेछन् । यो सेवा स्वास्थ्य क्षेत्रअन्तर्गत मिदास टेक्नोलोजी सफ्टवेयरमार्फत सुरु गरिएको छ ।

बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको पनि बचत हुनेछ । विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ ।

यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपलब्ध गराइएको छ । यस्तै मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेयर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x