Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको फाइभजी फोन अनलाइनबाटै सार्वजनिक गरिने

ओप्पोको फाइभजी फोन अनलाइनबाटै सार्वजनिक गरिने


काठमाण्डौं,फागुन १४
ओप्पोले आफ्नो नयाँ फाइभजी फ्ल्यागशिप फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले निकै प्रतिक्षारत ग्लोबल लञ्च ओप्पोको यूट्यूब च्यानलमार्फत मार्च ६ तारिखमा सार्वजानिक गर्ने जानकारी दिएको छ । अन्वेषण ओप्पोको डीएनएको एक अभिन्न अंश हो । यसले गर्दा कम्पनी निरन्तर नवप्रवर्तन, नयाँ सम्भावनाको खोजी तथा आफ्ना उपभोक्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्न हर सिमाना नाघ्न सदैव तत्पर रहेको कम्पनीको भनाइ छ । कम्पनीले विज्ञप्तिमा भनेको छ, ‘यही तत्परताको निरन्तर्ताका रुपमा ग्राउण्डब्रेकिङ स्मार्टफोन अनुभव प्रदान गर्ने, ओप्पो फाइन्ड एक्सटू सिरिज सार्वजनिक गर्ने तयारीलाई लिन सकिन्छ । आफ्ना हरेक उत्पादनका लागि उपभोक्ताका प्रतिक्रियालाई विशेष प्राथमिकतामा राख्दै ब्राण्डले रिचर्स एण्ड डेभलपमेन्टमा भारी लगानी गर्दै नयाँ ओप्पो फाइन्ड एक्सटू उत्पादन गरेको हो ।’

विशेषगरी फाइभजी यूगमा स्मार्टफोनलाई अझ परिष्कृत बनाउँदै लैजाने ओप्पोको अथक र निरन्तर प्रयासको यसले प्रतिविम्बित गरेको कम्पनीको दाबी छ । फाइन्ड एक्सटू सिरिजमा ओप्पोले अहिलेसम्म विकसित गरेकै मध्य सर्वाधिक अत्याधुनिक स्क्रिनको प्रयोग गरिएको जानकारी दिएको छ । यो स्क्रिनमा रिजोल्यूशन, स्क्रिन रिफ्रेश रेट, रंग र हाई डायनामिक रेञ्जमा विशेष प्राथमिकता दिँदै प्रयोगकर्तालाई स्पष्ट, सटिक, स्मूथ र आरामदायी स्क्रिन अनुभव प्राप्त हुने कम्पनीको दाबी छ ।फाइन्ड एक्सटू प्रोमा अनुकूलित फ्ल्यागशिप ईमेज सेन्सर जडान गरिनुका साथै अहिले सम्मकै अत्याधुनिक फोटोग्राफी प्रविधिहरुको प्रयोग गरिएको छ । यसले गर्दा प्रयोगकर्तालाई प्रिमियम फोटो गुणस्तर र फोकसिङ पफमेन्स प्राप्त हुने कम्पनीको दावी छ । साथै, फाइन्ड एक्सटू सिरिजले एसए÷एनएसए डुअल–मोड्यूल नेटवर्क सपोर्ट गर्ने, क्वालकमको फाइभजी फ्ल्यागशिप चिप स्न्यापड्रायगन ८६५को प्रयोग गरिएको छ । यसले गर्दा अदृतिय फाइभजी अनुभवलाई वास्तविकतामा परिनत गर्न सफल भएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x