टीसीएलले ल्यायो ‘अजम्बरी खुसी’ योजना
काठमाडौं । एन्ड्रोइड टिभी ब्राण्ड टीसीएलले यो दशैँ तिहारलाई लक्षित गरेर ‘अजम्बरी खुसी’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले टीसीएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
ग्राहकहरुले यो योजना बुधबारदेखि सीमित अवधिका लागि नेपालभर पाउने कम्पनीले जनाएको छ । ग्राहकहरुले टेलिभिजनको खरिदमा ४० हजार चार सय रुपैयाँसम्मको छुट पाउन सक्नेछन् भने कभर्ड टेलिभिजनको खरिदमा १४ हजार सात सय रुपैयाँको छुटका साथै एक थान टिभी स्टिक उपहार पनि पाउन सक्नेछन । त्यस्तै वाशिङ मेसिन खरिदमा १९ हजार तीन सय रुपैयाँसम्मको छुटका साथै छ किलोको सर्फ एक्सेल वाशिङ पाउडर उपहार पनि पाउन सक्नेछन ।
यस्तै रेफ्रिजेरेटरको खरिदमा ३५ हजार सात सय रुपैयाँको छुट पाउन सक्नेछन् । त्यसैगरी एअर कन्डिसनरको खरिदमा ३५ हजार चार सय रुपैयाँसम्मको छुटका साथै चार हजार रुपैयाँबराबरको निःशुल्क एसी जडान सुविधा पनि पाउन सक्नेछन् । साथै वाटर डिस्पेन्सरको खरिदमा चार हजार तीन सय रुपैयाँसम्मको छुट र चेस्ट फ्रिजरको खरिदमा १४ हजार सात सय रुपैयाँ र साउन्ड बारको खरिदमा छ हजार रुपैयाँसम्मको छुट पाउन सक्नेछन् । यसका साथै कम्पनीले फ्री डेलिभरी, फ्री इन्स्टलेशन एन्ड डेमो र शून्य प्रतिशतमा फाइनान्स सुविधा पनि प्रदान गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया