शाओमीको शाओमी१२ लाइट नेपाली बजारमा
काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले अल्ट्रा स्लिम शाओमी १२ लाइट नेपाली बजारमा ल्याएको छ । हरेक व्यक्तिको छुट्टाछुट्टै व्यक्तित्वलाई मध्यनजर गरेर शाओमी १२ लाइटको डिजाइन गरिएको कम्पनीले जनाएको छ ।
शाओमीका कन्ट्री जनरल म्यानेजर अमित पण्डाले शाओमीले नवीनतम प्रविधिमा अपडेट भइरहन रुचाउने ग्राहक वर्गलाई ध्यानमा राख्दै सुप्रिम पर्फर्मेन्स क्षमता भएका र आकर्षक डिजाइनका टप नच फोन सेटहरु समय–समयमा विकास गरिरहने र सोही क्रममा कम्पनीको मोस्ट अवेटेड र फ्यासनेब्ली अपिलिङ स्मार्ट फोन शाओमी १२ लाइट नेपाली बजारमा ल्याएको बताए । यो फोनबाट उपभोक्ताहरुले फ्ल्यागशिप पर्फर्मेन्सको अभूतपूर्व अनुभव लिनेमा आफूहरु पूर्ण विश्वस्त रहेको उनको भनाइ छ । उनका अनुसार यसमा फ्ल्यागशिप डिजाइनका साथै १०८ एमपीको मेन क्यामरा, आठ एमपीको अल्ट्रा वाइड एङल क्यामरा र दुई एमपीको म्याक्रो क्यामरा रहेको छ ।
७.२९ एमएमको मोटाइ र जम्मा १७३ ग्रामको फेदरवेट र अल्ट्रा स्लिम शाओमी १२ लाइट हरियो, गुलाफी र कालो रंगहरुमा उपलब्ध छ । प्रिमियम एस्थेटिकको लागि यसको पछाडि पट्टीको भागमा युनिफाइड म्याट कलर ग्रेडिएन्ट फिनिश दिइएको छ । तीनवटा क्यामराको वरिपरि भएको मेटल रिङ्गहरुले यो स्लिक र युनिक सेटलाई अझ लक्जरियस टच प्रदान गर्छन् ।
साथै यसमा भएको तीन–तीनवटा शक्तिशाली लेन्सहरुले जुनसुकै कोणबाट हाइ डेफिनिसन तस्बिर लिन सकिन्छ । त्यस्तै यसमा भएको मोसन क्याप्चर इनेबल गरेर आइ ट्र्याकिङ फोकसमा स्टाइलिस कभर शटहरु लिन सकिन्छ । त्यस्तै अगाडि भएको ३२ एमपीको क्यामरामा जडित जीडीटु सेन्सर र अटो फोकसले स्पष्ट र उच्च गुणस्तरीय सेल्फी खिच्न सकिन्छ । साथै दुईवटा सफ्ट एलईडी सेल्फी ग्लोले प्रयोगकर्ताको प्राकृतिक सुन्दरतालाई राम्रोसँग कैद गर्छ । १९ टेम्पलेटसहितको भ्लग मोडबाट विभिन्न किसिमका भ्लगहरु तुरुन्तै बनाउन मिल्नुका साथै यसमा वान क्लिक एआई र अन्य थुप्रै सिनेम्याटिक फिल्टरहरु पनि उपलब्ध छन् । शाओमी १२ लाइटको स्यानपड्रागन ७७८ जी चिपसेटले फ्ल्यागशिप लेभलको फाइभजी पर्फर्मेन्स प्रदान गर्नुको साथै यसको मल्टी टायर कुलिङ सिस्टमले फोनलाई तातो हुनबाट बचाउँछ ।
त्यस्तै यसामा ४३०० मेगाहर्जको ब्याट्री भएको हुँदा दिनभर चलाउँदा पनि ब्याट्रीको समस्या हुँदैन । त्यस्तै ६७ वाटको टर्बो चार्जिङले १३ मिनेटमै ५० प्रतिशतसम्म ब्याट्री चार्ज गर्नसक्छ । यस्तै शाओमीको अडाप्टिभ चार्ज एल्गोरिदमले प्रयोगकर्ताको नाइट टाइम चार्जिङ रुटिन अध्ययन गरेर चार्जिङ स्ट्राटेजी पनि अप्टिमाइज गर्छ । फस्र्ट क्लास इमर्सिभ भ्युइङ एक्स्पिरियन्सको लागि यसमा ६.५५ इन्चको एमोलेड डिस्प्ले राखिएको छ । साथै यसमा भएको ट्रुकलर डिस्प्ले, १२० हर्जको स्क्रिन रिफ्रेश रेट, २४० हर्जको टच स्याम्प्लिङ रेटले प्रयोगकर्तालाई अत्यन्तै स्मुथ अनुभव प्रदान गर्छन् ।
त्यस्तै आँखामा पर्ने प्रेसर कम गर्न यसमा सन लाइट मोड ३.०, रिडिङ मोड ३.० र ट्रु डिस्प्ले राखिएको छ । साथै डुअल स्टेरियो स्पिकर र डल्बि एट्मस स्पासियल अडियो टेक्नोलोजीले प्रयोगकर्तालाई इमर्सिभ साउन्ड एक्स्पिरियन्स प्रदान गर्छन् ६+१२८ जीबी र ८+१२८ जीबीस्टोरेजसहित आउने शाओमी १२ लाइटको मूल्य ५० हजार नौ सय ९९ रुपैयाँ र ५३ हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यो सेट नेपालभरिको सम्पूर्ण आधिकरिक स्टोरहरुमा हहबाट उपलब्ध हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया