पेवेल नेपालको अध्यक्षमा तिमिल्सिना नियुक्त
काठमाडौं । भुक्तानी सेवा प्रदायक पेवेल नेपालको सञ्चालक समितिको अध्यक्षमा भीमप्रसाद तिमिल्सिना नियुक्त भएका छन् । उनलाई सञ्चालक समितिले अध्यक्ष पदमा नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष तिमिल्सिनालाई मंगलबार नेपाल राष्ट्र बैंकको भुक्तानी सेवा विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ गराए ।
बैंकिङ तथा व्यवस्थापनको क्षेत्रमा दुई दशक लामो अनुभव भएका तिमिल्सिनाले तत्कालीन अरनिको विकास बैंकको सञ्चालकको भूमिका निर्वाह गरेका थिए । उनी हाल चिलिमे जलविद्युत् कम्पनी र रसुवागढी जलविद्युत् कम्पनीको सञ्चालक र भेन्चर क्यापिटल प्रालिको कार्यकारी अध्यक्षका रुपमा रहेका छन् । सन् २०१९ मा स्थापना भएको पेवेल नेपालबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानी, फोहोरको महसुल तिर्न सकिनेछ । आन्तरिक हवाइ टिकट, बसको टिकट, विभिन्न विद्यालय तथा कलेजको शुल्क भुक्तानी गर्न सकिनेछ । विभिन्न क्षेत्रको बिल भुक्तानी गर्न, विभिन्न ठाउँबाट पठाएको पैसा प्राप्त गर्न तथा पठाउन, विभिन्न बैंक तथा वित्तीय संस्थामा रकम ट्रान्सफर गर्न, अनलाइनबाट खरिद गरिएको सामग्रीको भुक्तानी गर्न सकिनेछ । पेवेल वालेटमा विभिन्न बैंक तथा वित्तीय संस्थाको मोबाइल एप, इन्टरनेट बैंकिङ तथा कनेक्ट आईपीएसबाट रकम राख्न सकिनेछ ।
पेवेल नेपालमा विभिन्न बैंक तथा वित्तीय संस्था आबद्ध छन् । पेवेल वालेट गुगल प्लेस्टोर र एप्पलको एपस्टोरबाट डाउनलोड गर्न सकिनेछ । यस कम्पनीले छिट्टै वालेटको परिमार्जित भर्सन निकाल्दै छ । जुन प्रयोगकर्तामैत्री हुने कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया