Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘तीजको रमझम, आई पे रेमिटको तीज गीतमा नाचौँ छमछम’ योजना

‘तीजको रमझम, आई पे रेमिटको तीज गीतमा नाचौँ छमछम’ योजना


काठमाडौं । हिन्दू नारीको महान् पर्व ‘हरितालिका तीज’लाई लक्षित गरी आई पे रेमिट प्रालिले ‘तीजको रमझम, आई पे रेमिटको गीतमा टिकटक बनाई नाचौँ छमछम’ विशेष योजना सार्वजनिक गरेको छ ।

यस योजना शुक्रबारबाट सुरु भई असोज १५ गतेसम्म लागू हुनेछ । यस योजनाअन्तर्गत उत्कृष्ट टिकटक भिडियो बनाउने पाँच जना भाग्यशाली विजेताले हरेक दिन मोबाइल टपअप पाँच सय रुपैयाँ, टिकटक भिडियोमा सबैभन्दा बढी लाइक पाउने सहभागीले लक्की विजेतास्वरुप १५ हजार रुपैयाँ र बम्पर पुरस्कारमा एक जना भाग्यशाली विजेताले २० हजार रुपैयाँ प्राप्त गर्नुहुनेछ ।

यस विशेष योजनामा मलेसिया, जापान कोरियालगायत विश्वको विभिन्न मुलुकबाट आई पे रेमिटमार्फत धेरैभन्दा धेरै कारोबार गरी योजनालाई सफल बनाइदिन पनि कम्पनीले आग्रह गरेको छ । नेपालको जुनसुकै ठाउँमा छरिएर रहेको २० हजारभन्दा बढी भुक्तानी केन्द्रबाट आई पे रेमिटमार्फत पठाएको पैसा सजिलै प्राप्त गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x