Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकुशे औँसीमा बुबाको लागि भिभो उपहार

कुशे औँसीमा बुबाको लागि भिभो उपहार


काठमाडौं । भिभोले नेपालमा सुलभ मुल्यमा अतुलनीय विशेषताका स्मार्टफोनहरूमार्फत प्रयोगकर्ताको मन जित्दै आइरहेको छ । वाई शृंखलाअन्तर्गत, भिभोको शक्तिशाली प्रदर्शन र उत्कृष्ट सुविधाहरू भएका उत्कृष्ट उपकरणहरु छन्, जुन तपाईंको बुबाका लागि उत्तम उपहारहरू हुनसक्छ । यो बुबाको मुख हेर्ने दिनलाई विशेष र स्मरणीय बनाउन भिभोका निम्न फोनहरुले उपहारस्वरुप बुबालाई दिन सकिने कम्पनीले जनाएको छ ।

भिभो वाई२० : भिभो वाई२० ले शानदार डिजाइन र उत्कृष्ट क्यामेरा विशेषताहरूको साथ प्रभावशाली प्रदर्शन प्रदान गर्दछ । यसमा ५०००एमएएच सुपर क्षमताको ब्याट्री छ, जसलाई १० वाट फास्ट चार्ज टेक्नोलोजीले स्मार्टफोनलाई लामो समयसम्म निर्धक्क चलाउन सक्षम बनाउँछ । साथै, ४ जीबी ¥याम र ६४ जीबी रोमले प्रशस्त स्टोरेज प्रदान गर्दछ । वाई २० मा १३एमपी रियर क्यामेरा, २एमपी बोकेह क्यामेरा र २एमपी म्याक्रो क्यामेराको ट्रिपल म्याक्रो क्यामेरा सेटअप रहेको छ जुन तपाईंको बुबाको लागि तस्बिरहरू सेयर गर्न उत्कृष्ट उपकरण हो । यसमा आई प्रोटेक्सन मोड पनि छ, जसले तपाईंको बुबाको आँखालाई सुरक्षित राख्छ । यो स्मार्टफोन केवल २० हजार नौ सय ९९ रुपैयाँमा देशभर उपलब्ध छ ।

भिभो वाई१५सी : भिभो वाई१५सी एक स्टाइलिश र शक्तिशाली स्मार्टफोन हो, जसमा १३एमपी एआई डुअल क्यामेरा छ । साथै, सूक्ष्म विवरणहरुका लागि २ एमपी सुपर म्याक्रो क्यामेरा छ । यसले ४ सेमी फोकस प्रदान गर्दछ । यसमा ६.५१ इन्च हलो फुलभ्यू डिस्प्ले छ, जसमा आई प्रोटेक्सन मोडले रोमाञ्चक भ्यूइङ अनुभव प्रदान गर्दछ । वाई १५ सी ३जीबी ¥याम र ३२ जीबी रोमको साथ आउँछ । यसमा दिनभर टिक्ने पाँच हजार एमएएचको विशाल ब्याट्री छ, जुन तपाईंको बुबाले चार्ज सक्किने चिन्ता लिनुपर्दैन । यसमा भएको साइड–माउन्ट फिंगरप्रिन्ट स्क्यानरले फोनलाई अनलक गर्न धेरै सहज बनाउँछ । हाल, वाई१५सी को मूल्य १७ हजार नौ सय ९९ रुपैयाँ छ ।

भिभो वाई२१ : शक्तिशाली ब्याट्री, उत्कृष्ट डिजाइन र मेमोरी भएको सुलभ मूल्यका उपकरण खोज्ने प्रयोगकर्ताहरूलाई वाई२१ उपयुक्त स्मार्टफोन हुनसक्छ । यसमा पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्ज छ । यसको ८.०० एमएम सुपर स्लिम बडीले वाई २१ लाई हल्का तौल र आकर्षक बनाउँछ । यसमा १३ एमपी रियर क्यामेरा र ८ एमपी फ्रन्ट क्यामेरा छ, जसबाट उत्कृष्ट फोटो खिच्न सकिन्छ । यो ४जीबी र्याम र ६४ जीबी रोममा उपलब्ध छ । यसको मुल्य २२ हजार नौ सय ९९ रुपैयाँ छ । यस्तै भिभोसँग बुबाको मुख हेर्ने दिन विशेष बनाउँन सुलभ मूल्यमा धेरै विकल्पहरू उपलब्ध रहेको कम्पनीले जनाएको छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x