Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबन्दीपुरमा आधुनिक घर निर्माणमा प्रतिबन्ध

बन्दीपुरमा आधुनिक घर निर्माणमा प्रतिबन्ध


तनहुँ । पहाडकी रानी उपनामले परिचित बन्दीपुर क्षेत्रमा आधुनिक घर निर्माणमा प्रतिबन्ध लगाइएको छ । बन्दीपुर गाउँपालिका कार्यालयले आधुनिक घर बनाउनेका लागि नक्सापास रोकिदिएको छ । गाउँपालिकाले मौलिक घर संरक्षण कार्यलाई प्राथामिकता दिएर योजना अघि बढाएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले जानकारी दिए ।

नमूना सहरको रूपमा ख्याति कमाएको बन्दीपुरको साख जोगाइराख्नका लागि अब बन्ने घर निर्माणमा अनिवार्यरूपमा पिलर छोपिने गरी पराम्परागत शैली झल्किने किसिमको बनाउन निर्णय भएको उनले बताए । बन्दीपुर गाउँपालिकाको वडा नं २ र ४ को बन्दीपुर टाउन क्षेत्रमा आधुनिक किसिमका घर निर्माण नगर्न कडाइ गरिएको छ । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यसमा प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले जानकारी दिए । आरसिसी घर बनाए पनि पराम्परागत शैली झल्किने, सटर राख्न नपाउने र झ्यालढोका काठको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बन्दीपुरका परम्परागत घरहरूमा काठका बुट्टा भएका झ्याल, ढोका तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घरले बन्दीपुरको मुख्य आकर्षण बढाएको छ । उक्त क्षेत्रमा घर बनाउने व्यक्तिलाई सटर तथा च्यानलगेट र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x