Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाली बजारमा रिभरसबको प्रवेश

नेपाली बजारमा रिभरसबको प्रवेश


काठमाडौं । वेरेवल तथा मोबाइल एसेसरी उत्पादक रिभरसब नेपाली बजारमा प्रवेश गरेको छ । मोबाइल एक्सेसोरीजको आयात तथा बिक्रीवितरणमा नेपाली बजारको स्थापित नाउँ बन्न सफल केमियो इन्टरनेशनलले रिभरसबलाई नेपाली बजारमा भित्र्याएको हो ।

अमेरिकाको क्यालिफोर्नियामा शोध तथा अनुसन्धानशाला स्थापना गरी आफ्ना उत्पादनहरुको डिजाइन गर्दै आएको रिभरसब मोबाइल एसेसरिज बजारको एक विश्वासिलो ब्राण्ड हो । विश्वका ६० भन्दा बढी मुलुकमा बिक्रीवितरण भइरहेको रिभरसब सन् २००० मा चीनको सेन्जेनमा स्थापना भएको थियो । २०१७ मा अमेरिकामा शोध तथा अनुसन्धान केन्द्रको स्थापना गरेपछि एग्रेसिभ ब्राण्डिङमा अग्रसर भएको रिभरसब सन् २०१६ मै भारतीय बजारमा लन्च गरिएको थियो । आईएमजी टेक्नोलोजी ग्रुपको लाइफस्टायल ब्राण्डको रुपमा रहेको रिभरसबका वायरलेस इअर बड्स तथा स्मार्टवाच लिएर नेपाली बजारमा प्रवेश गरेको हो । काठमाडौंको हायात प्लेसमा एक विशेष कार्यक्रम आयोजना गर्दै रिभरसबले नेपाली बजारमा औपचारिक रुपमा प्रवेश गरेको घोषणा गरेको हो ।

नेपालको लागि अधिकृत बिक्रेता तोकिएको केमियो इन्टरनेशनका सहसंस्थापक उपेन्द्र शाहले एक गुणस्तरीय ब्राण्डलाई नेपाली बजारमा भित्र्याउन पाएकोमा खुसी व्यक्त गरे । अर्का सहसंस्थापक राज गुप्ताले रिभरसबले नेपाली मोबाइल एसेसरिज बजारमा नयाँ छाप छोड्ने बताए । रिभरसब इण्डियाका प्रमुख कार्यकारी अधिकृत माभेन्द्र कुमार चण्डोलाले विश्वभर नै स्मार्टवाचको बजार बढ्दो क्रममा रहेकाले नेपाली बजारमा समेत राम्रो बजार हासिल गर्ने अपेक्षा राख्दै नेपाली बजारमा रिभरसबको ब्राण्ड सचेतना र विकासका लागि कुनै पनि किसिमको सम्झौता नगरिने बताए ।

रिभरसबले हाल नेपाली बजारमा छ स्मार्टवाच र चार इअरवड सार्वजनिक गरेको हो । अफलाइन डिस्ट्रिब्युसन च्यानल प्रयोग गरी नेपाली उपभोक्तामाझ सहज उपस्थिति जनाउने योजना बनाएको केमियोले केही विशेष उत्पादनहरुलाई दराज, सस्तो डिल, ग्यापुलगायतका अनलाइन प्लेटफर्मबाट समेत लन्च गर्ने भएको हो । प्रतिस्पर्धी मूल्य र गुणस्तरीय उपभोक्ता सेवालाई आफ्नो प्राथमिक लक्ष्य बनाएको केमियोले रिभरसबका सबै उत्पादनहरुमा एक वर्षको वारेन्टी प्रदान गरेको छ भने बिक्रीपश्चात्को सेवामा कुनै पनि सम्झौता नगरिने प्रतिबद्धता व्यक्त गरेको छ ।

केमियो इन्टरनेशनलले रिभरसबका ग्याजेट तथा एसेसरिजहरुको बिक्रीपश्चात्को सेवा प्रदान गर्न काठमाडौंको बालाजुमा एक विशेष सेवा केन्द्र सञ्चालनमा ल्याएको छ भने चाइना टाउन, बागदरबारमा समेत ग्राहकहरुले बिक्रीपश्चात्को सेवा प्राप्तिका लागि सम्पर्क गर्न सक्नेछन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x