Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशिवम् सिमेन्टको विशेष साधारणसभा

शिवम् सिमेन्टको विशेष साधारणसभा


काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले विशेष साधारणसभा सम्पन्न गरेको छ । विशेष साधारणसभा शुक्रबार अनामनगरस्थित कम्पनीको सभाहलमा सम्पन्न गरिएको हो । उक्त सभाले कम्पनीका सञ्चालक अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा बसेको सञ्चालक समितिले गरेका सबै निर्णय तथा विशेष प्रस्तावहरु पारित गरेको छ ।

विशेष साधारणसभाबाट कम्पनीको प्रबन्धपत्रको दफा ६ को खण्ड (ख) र (ग) तथा नियमावलीको नियम नं. २३, नियम नं. २५ को (५) नियम नं. २७ को (२), नियम नं. २९ र नियम नं. ३१ संशोधन गर्नेसम्बन्धी सबै विशेष प्रस्तावहरु सर्वसम्मत पारित भएका छन् । उक्त संशोधनपछि कम्पनीको सञ्चालक समितिको संख्या सात जनाबाट छ जनाको कायम हुनुका साथै कम्पनी ऐन २०६३ को दफा ७३ बमोजिम ५१ प्रतिशत वा सोभन्दा बढी सेयरधनीहरुको उपस्थितिमा साधारणसभा सञ्चालन गर्न सकिने गरी नियमावलीमा व्यवस्था गरिएको छ ।

सर्बसाधारणका लागि आईपीओ निष्काशन गर्ने पहिलो सिमेन्ट कम्पनी शिवम् सिमेन्टले उत्पादन समयदेखि नै आफ्नै चुनढुङ्गा खानीबाट ओपीसी मात्र उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको छ । उत्पादन समयदेखि नै निरन्तर गुणस्तरीय सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आइरहेको शिवम् आफ्नो गुणस्तरीय उत्पादनकै कारण नेपाली सिमेन्टजगत्मै पहिलोपटक नेपाल नापतौल तथा गुणस्तर विभागबाट एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट पुरस्कृत भएको थियो । शिवम् सिमेन्ट यसमा भएको गुणस्तरकै कारण लाखौँ ग्राहकहरूको पहिलो रोजाइमा पर्दै आइरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x