Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगविश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा

विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर ईओ मिनी नेपालमा


काठमाडौं । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लिमिटेडले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरहरूका लागि डिजाइन गरिएको हो ।

ईओ चार्जिङ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारीसाधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले ईभी चार्जिङ स्टेसनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । ईओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो । ईओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डीएचएल र टेस्को जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ । यस कम्पनीले मर्सिडिज बेन्ज भ्यानजस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा ईओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार वटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो ।

इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लिट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिसनमा कम्पनी रहेको बताइएको छ । ईओ मिनीमा ईटग्रल ६एमए डीसीको सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ । यसलाई विना कुनै टाइप बी आरसीडी नियन्त्रण गर्न सकिन्छ । ईओ मिनी घरको पावर इनपुट जडानको आधारमा ६ एएमपीदेखि ३२ एएमपीसम्म समायोजन गर्न सकिन्छ ।

बजारमा सबैभन्दा सानो ईओ १७५ एमएम एक्स १२५ एमएम एक्स ९५ एमएममा उपलब्ध छ । ईओ मिनिका अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ किलोवाट सम्मको पावर रेटिङलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर एक वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रुपैयाँ रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x