रामदेव तेलद्वारा पुरस्कार वितरण
काठमाडौं । गणपति वनस्पति प्रालिद्वारा उत्पादन गरी बिक्रीवितरण गर्दै आइरहेको रामदेव तेलले आयोजना गरेको श्रीकृष्ण जन्माष्टमी कमेन्ट एण्ड विन योजना सहभागी भई लक्की ड्रमार्फत पुरस्कार जित्न सफल प्रतियोगीहरुलाई पुरस्कार वितरण गरेको छ ।
कम्पनीले आइतबार एक समारोहका बीच भाटभटेनी सुपरस्टोर नक्सालमा पुरस्कार वितरण गरेको हो । प्रतियोगितामा भाग लिई विजेता हुन सफल प्रतियोगीहरुमध्ये दुई जनाले जनही १/१ कार्टुन रामदेव सनफलावर तेल प्राप्त गरेका छन् । विजेता जोरपाटी काठमाडौंकी लता शाह तथा बालाजुकी सुस्मिता नेपाललाई रामदेव तेलका बजार प्रबन्धक बिनोद श्रेष्ठले पुरस्कार वितरण गरेका थिए ।
गणपति वनस्पति प्रालिले रामदेव ब्राण्डको सनफलावर, तोरी र भटमासको तेल उत्पादन गरी बजारमा बिक्री वितरण गर्दै आइरहेको छ । रामदेव तेलले नेपालीहरुको महान् चाड तीजदेखि छठ पर्व सम्मको लागि चाडपर्वको बहार हरेक हप्ता आर्कर्षक उपहार योजना यसअघि नै सार्वजानिक गरिसकेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- सर्वसाधारणका लागि खुला गरिएपछि धरहरा चढ्नेको भीड
- प्राधिकरणको उदीपुर सबस्टेसन निर्माण सम्पन्न
- मेटा र स्पोटिफाईद्वारा युरोपेली सङ्घको एआई सम्बन्धी अस्पष्ट निर्णयको आलोचना
- प्रजातन्त्रका ‘श्रीगणेश’ अर्थात् लौहपुरुष गणेशमान
- नुवाकोटमा आधुनिक बन्दी गृह
- विकास निर्माणका लक्ष्य किन सधैँ अधुरा
- संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ : प्रधानमन्त्री
- संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया