स्किलसेवाले ल्यायो नयाँ सेवा
काठमाडौं । चार वर्ष पहिले तीन जना युवाले ‘जे गर्छौँ नेपालमै गर्छौँ’ भन्ने मूल नाराका साथ सुरु गरेको स्किलसेवा (घर मर्मत संस्था) ले पेन्टिङ सर्भिस पनि सुरु गरेको छ । हालसम्म कम्पनीले २० हजारभन्दा धेरै घरहरुमा आफ्नो सेवा प्रादान गरिसकेको जनाएको छ ।
यस संस्थामा हाल करिब चार सयभन्दा बढी युवालाई स्वदेशमै रोजगारी सिर्जना गरेको छ । समयमा काम नसक्ने, भनेभन्दा धेरै खर्च देखाएर पैसा लिने, अदक्ष कामदारद्वारा काम लगाउनेजस्ता समस्या समाधान गर्ने लक्ष्यका साथ कम्पनीले अहिले पेन्टिङ सर्भिस पनि दिन लागेको जनाएको छ ।
कम्पनीका इन्जिनियरहरुले घरमै गयर अत्याधुनिक प्रविधिबाट समस्या पत्ता लगाउने र रंग रोगनमा पछि आउनसक्ने समस्या निर्मूल गरेर सही ढंगबाट सेवा दिने कम्पनीको उद्देश्य रहेको कम्पनीका मुख्य निर्देशक रमेश तिमिल्सिनाले बताए । हरेक काम गर्नुअगाडि घरको निरीक्षण, सही लगानी अनुमान र गुणस्तरमा पाँच वर्षको वारेन्टी दिएर गुणस्तरीय सुविधा दिने उनको भनाइ छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया