Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगगौतमबुद्ध विमानस्थलबाट जजिरा र विज एयरको उडान

गौतमबुद्ध विमानस्थलबाट जजिरा र विज एयरको उडान


काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा र विज एयरले उडान भर्ने भएका छन् । यसअघि साताको तीन उडान गरिरहेको कुवेतको जजिरा एयरवेजले विमानस्थलबाट दैनिक उडान सञ्चालन गर्नलागेको हो ।

गौतमबुद्ध विमानस्थलबाट कुवेत उडान गरिरहेको जजिराले आगामी भदौ ३१ देखि दैनिक उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले हाल सातामा तीन उडान गरिरहेको जजिराले सातै दिन उडान सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए । एयरवेजले अहिले सोमबार, मङ्गलबार र शुक्रबार गरी सातामा तीन उडान गरिरहेको छ । यो गन्तव्यमा यात्रु अकुपेन्सी बढ्दो क्रममा रहेको र नजिकिएको यात्रु संख्या बढ्ने प्रक्षेपणसहित उडान संख्या थपिएको एयरवेजले जनाएको छ । कुवेती एयरलाइन्सले मध्यपूर्वका नेपाल, भारत, पाकिस्तान, श्रीलंका र युरोपमा उडान सञ्चालन गर्दै आएको छ । जेठ २ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हाल जजिरा एयरवेजले मात्र अन्तर्राष्ट्रिय उडान गरिरहेको छ ।

यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट बिज एयरवेजले पनि नियमित उडान सञ्चालन गर्ने तयारी गरेको छ । एयरवेजले आगामी कात्तिक १३ गतेदेखि भैरहवाबाट संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधावीमा उडान भर्ने प्राधिकरणका प्रवक्ता निरौलाले जानकारी दिए । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको उक्त एयरवेजले नेपालमा सातामा तीन दिन उडान गर्ने तयारी गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x