Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमुढेमा हिल स्टेसन निर्माण गरिने

मुढेमा हिल स्टेसन निर्माण गरिने


काठमाण्डौं,फागुन १५

सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–५ स्थित मुढेमा ६० फिट उचाइको हिल स्टेसन निर्माण गरिने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को सन्दर्भमा बढीभन्दा बढी पर्यटक भित्र्याउने उद्देश्यले वाग्मती प्रदेश सरकारको आठ करोड ८५ लाख अनुदान सहयोगमा निर्माण गर्न लागेको हो । दुई वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको उक्त टावरको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको गाउँपालिकाको अध्यक्ष कमल नेपालले बताए । कुल ४० रोपनी क्षेत्रफलमा निर्माण गरिने सो स्थानमा बाल उद्यान, वनभोजस्थल, सामाजिक लज तथा बगैँचासमेत निर्माण गरिनेछ ।

समुद्री सतहबाट २५ सय मिटर उचाइमा पर्ने उक्त स्थानबाट नजिकै पर्ने दोलखाको शैलुङ, कालीञ्चोक मन्दिर, गौरीशङ्कर तथा सिन्धुपाल्चोकको जुगल हिमशृङ्खला दार्जे लाक्पालगायत देख्न सकिन्छ । त्यसैगरी दोलखा, सिन्धुपाल्चोक, रामेछाप, ओखलढुङ्गा तथा काभ्रे जिल्लाको समेत दृश्यावलोकन गर्न सकिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको प्रथम आरोही न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपाली तेञ्जिङ नोर्गे सन् १९५३ मा त्यही बाटो भएर सगरमाथा आरोहणका लागि गएका थिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x