Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगशान्ति विद्यागृहले हीरक वार्षिकोत्सव मनाउने

शान्ति विद्यागृहले हीरक वार्षिकोत्सव मनाउने


काठमाडौं । देशकै पुरानोमध्येको एक शिक्षण संस्था शान्ति विद्यागृहले तीन दिनसम्म ७५औँ वार्षिकोत्सव मनाउने भएको छ । विद्यालयले बिहीबारदेखि शनिबारसम्म तीन दिन विभिन्न कार्यक्रम आयोजना गरी ७५औँ वार्षिकोत्सव तथा हीरक महोत्सव मनाउन लागेको हो । शान्ति विद्यागृह २००४ वैशाख १९ गते स्थापना भएको शिक्षण संस्था हो ।

विद्यालयको हीरक महोत्सव गत वैशाख १९ गते मनाउने तयारी गरिए पनि कोरोना महामारीका कारण स्थगित गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वर्षाराम भण्डारीले जानकारी दिए । शान्ति विद्यागृह गल्कोपाखाका प्रसिद्ध कविराज लम्बोदर भण्डारीको घरबाट सुरु भएको थियो । एक वर्षपछि ठमेलस्थित भगवान बहालमा भाडाको घरमा सारियो । त्यहाँ करिब तीन वर्ष पठनपाठन चल्यो । त्यसपछि अहिले भवन भएको ठाउँमा आफ्नै जग्गामा पढाउन थालिएको शान्ति विद्यागृहका संस्थापक शिक्षक ९५ वर्षीय शंकरलाल मानन्धर बताउँछन् । शान्ति विद्यागृहमा स्थापनाको दिन जनकविकेशरी धर्मराज थापाबाट सरस्वती वन्दना वाचन गर्दै प्रथम कक्षा सुरु गरिएको थियो । सुरुमा लैनचौर, ठमेल, गल्कोपाखा, पकनाजोल क्षेत्रका करिब तीन सय छात्रछात्रामध्ये छात्रहरूलाई शान्ति विद्यागृह प्राथमिक स्कुलपट्टि र छात्रालाई शान्ति विद्यागृह कन्या प्राथमिक स्कुलपट्टि राखेर पढाइयो ।

२०५२ सालदेखि यो विद्यालय सहशिक्षालयमा परिणत भएको हो । अहिले विद्यालयमा पूर्वप्राथमिक ‘ईसीडी’देखि १२ कक्षासम्म पढाइ हुन्छ । यस विद्यालयमा अहिले छ सय दुई छात्र र पाँच सय १८ छात्रा अध्ययन गरिरहेका छन् । पद्मशमशेरका पालामा २००४ सालमा स्थापित यो विद्यालय राणाकालमा खुलेका विद्यालयमध्येको एक पनि हो । विद्यालयले २००९ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थीहरू सहभागी गराउँदै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x